देश अभिभावकविही भयो, राजतन्त्र चाहिन्छ : कमल थापा « Khabarhub

देश अभिभावकविही भयो, राजतन्त्र चाहिन्छ : कमल थापा


१८ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले देश अभिभावकविहीन भएको बताएका छन् ।

शनिबार नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले देश अभिभावकविहीन भएकाले देशमा छाडातन्त्रलाई नियन्त्रण गर्न राजतन्त्रको खाँचो भएको बताए । राजतन्त्रलाई अभिभावक र मोरलको रुपमा स्थापना गर्न आवश्यक रहेको उनले बताए ।

राष्ट्रिय संकटलाई समाधान गर्न देशमा राजतन्त्र अपरिहार्य रहेको कुरामा उनले जोड दिए । देशमा राजतन्त्र कायम गरियो भने छाडातन्त्र, मनपरीतन्त्र, विकृति, विसंगती हटाउन सकिने उनले बताए ।

देशमा सनातन हिन्दु धर्म पनि अति आवश्यक रहेको उनले बताए । उनले जनतामा अहिलेको मुलुकको आवश्यकताबारे जानकारी दिन पार्टीले देशका विभिन्न भागहरुमा सभाको आयोजना गर्ने बताए ।

थापाले माघ र फागुनमा मेची महाकाली यात्राका माध्यमबाट जनतामा जागरुक तुल्याउने कार्यक्रम राखिएको र फागुन महिनादेखि आन्दोलन गर्ने तयारी गरिरहेको जानकारी दिए ।

उनले विदेशीको दबाव र प्रभावमा निहित राजनीतिक स्वार्थको लागि बहुसंख्यक जनताको पहिचानलाई समाप्त पार्न खोजे देशमा द्वन्द्व सृजना हुने जिकिर गरे ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  १ : २७ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा