देश अभिभावकविही भयो, राजतन्त्र चाहिन्छ : कमल थापा | Khabarhub Khabarhub

देश अभिभावकविही भयो, राजतन्त्र चाहिन्छ : कमल थापा


१८ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले देश अभिभावकविहीन भएको बताएका छन् ।

शनिबार नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले देश अभिभावकविहीन भएकाले देशमा छाडातन्त्रलाई नियन्त्रण गर्न राजतन्त्रको खाँचो भएको बताए । राजतन्त्रलाई अभिभावक र मोरलको रुपमा स्थापना गर्न आवश्यक रहेको उनले बताए ।

राष्ट्रिय संकटलाई समाधान गर्न देशमा राजतन्त्र अपरिहार्य रहेको कुरामा उनले जोड दिए । देशमा राजतन्त्र कायम गरियो भने छाडातन्त्र, मनपरीतन्त्र, विकृति, विसंगती हटाउन सकिने उनले बताए ।

देशमा सनातन हिन्दु धर्म पनि अति आवश्यक रहेको उनले बताए । उनले जनतामा अहिलेको मुलुकको आवश्यकताबारे जानकारी दिन पार्टीले देशका विभिन्न भागहरुमा सभाको आयोजना गर्ने बताए ।

थापाले माघ र फागुनमा मेची महाकाली यात्राका माध्यमबाट जनतामा जागरुक तुल्याउने कार्यक्रम राखिएको र फागुन महिनादेखि आन्दोलन गर्ने तयारी गरिरहेको जानकारी दिए ।

उनले विदेशीको दबाव र प्रभावमा निहित राजनीतिक स्वार्थको लागि बहुसंख्यक जनताको पहिचानलाई समाप्त पार्न खोजे देशमा द्वन्द्व सृजना हुने जिकिर गरे ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  १ : २७ बजे

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि