उद्धार र राहतमा सरकारका सबै संयन्त्र परिचालन : अर्थमन्त्री  « Khabarhub

उद्धार र राहतमा सरकारका सबै संयन्त्र परिचालन : अर्थमन्त्री 


१८ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले भूकम्प प्रभावित क्षेत्रमा तत्काल उद्धार र राहतमा सरकारका सबै संयन्त्र प्रभावकारी रुपमा परिचालन गरिरहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को १५औँ वार्षिकोत्सव समारोहमा उनले गएरातिदेखि नै भूकम्पपीडितको राहत र उद्धारमा तीनै तहका सरकारअन्तर्गत सबै संयन्त्रहरू परिचालित भइरहेको जानकारी दिए ।

भूकम्पबाट पश्चिम नेपालको खासगरी रुकुम र जाजरकोट जिल्लामा ठूलो जनधनको क्षति भएको विवरणहरू प्राप्त भइरहेको जनाउँदै अर्थमन्त्री डा. महतले यस विपत्तिको घडीमा सबै पक्षबाट सहयोगका लागि अपिल गरे । उनले भूकम्पबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा हार्दिक समावेदन प्रकट गरेका छन् ।

अर्थमन्त्री डा. महतले प्राकृतिक विपत्तिका घटनाको दीर्घकालीन समाधान र तयारीका निम्ति आवश्यक कार्य गर्न जरुरी भएको उल्लेख गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले भूकम्पपीडितको राहतका लागि महासङ्घले सहयोग गर्ने प्रतिबद्धता जनाए । 

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पनि भूकम्प प्रभावित क्षेत्रमा आर्थिक सहयोग गर्ने बताए ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  १ : ३१ बजे

अफगानिस्तानका १० स्थानमा पाकिस्तानको हवाई तथा ड्रोन आक्रमण

इस्लामाबाद- पाकिस्तानले अफगानिस्तानबाट आफ्नो भूभागतर्फ ड्रोन आक्रमणको प्रयास भएको दाबी गर्दै

दुई दशकपछिको यात्रामा एनसेल, राज्यलाई खरबौँ राजस्व, हजारौँलाई रोजगारी

काठमाडौं– नेपालको निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायक कम्पनी

चाडपर्वमा खाद्य आपूर्ति सहज बनाउन सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रिय सभाका सांसदहरूले चाडपर्व नजिकिँदै गर्दा बजारमा खाद्यान्न तथा

बाढी प्रभावित बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना सञ्चालन

 काठमाडौं – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री

ज्वालाको प्रश्न- भन्सार अधिकृतले गृहमन्त्रीलाई हान्ने क्षमता राख्छ भने हामी सदनमा के गरिरहेका छौँ

काठमाडौं– रास्वपा सांसद टीका संग्रौला (ज्वाला) ले भर्खरै सार्वजनिक भएको एउटा अडियो