राष्ट्रपतिले युरोप भ्रमण रद्द गरी बचेको रकम राहत र उद्धारमा खर्च गर्नु राम्रो हुन्छ : रवीन्द्र मिश्र « Khabarhub

राष्ट्रपतिले युरोप भ्रमण रद्द गरी बचेको रकम राहत र उद्धारमा खर्च गर्नु राम्रो हुन्छ : रवीन्द्र मिश्र


१८ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण रद्द गरी भूकम्प पीडितको राहत र उद्धारमा जुट्न सुझाव दिएका छन् ।

उपाध्यक्ष मिश्रले सामाजिक सञ्जालमार्फत् राष्ट्रपति पौडेलेको युरोप भ्रमण रद्द गरी त्यसबाट बचेको रकम राहत र उद्धारमा खर्च गर्न सुझाव दिएका हुन् । उनले आफ्नो पार्टीले संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको नेतृत्वमा स्वयंसेवक टोलीलाई भूकम्प प्रभावित क्षेत्रमा खटाएको जानकारीसमेत दिए ।

‘भूकम्पका कारण जाजरकोट, रूकुमलगायत पश्चिम नेपालका विभिन्न स्थानमा भएको व्यापक धनजनको क्षतिले मर्माहत बनाएको छ । यो संकटको घडीमा जहाँबाट जसरी सकिन्छ, सबै मिलेर सहयोग गरौं ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, राष्ट्रपतिले यो राष्ट्रिय पीडाको घडीमा युरोप भ्रमण रद्द गरेर त्यसबाट बच्ने करोडौं रकम राहत र उद्धारमा खर्च गर्नु राम्रो हुन्छ । राप्रपाले संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको नेतृत्वमा स्वयंसेवकहरूको टोली खटाएको छ ।’

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  २ : १२ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको