भूकम्पग्रस्त क्षेत्रमा नेता र मन्त्रीको भिड देखेर उदेक लाग्छ : कमल थापा « Khabarhub

भूकम्पग्रस्त क्षेत्रमा नेता र मन्त्रीको भिड देखेर उदेक लाग्छ : कमल थापा


१८ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आज नेपालगञ्जमा गर्ने भनिएको विरोधसभालाई श्रद्धाञ्जलीसभामा परिणत गरेको छ।

श्रद्धाञ्जलीसभामा बोल्दै पार्टी अध्यक्ष कमल थापाले भूकम्पग्रस्त क्षेत्र जाजरकोट र रुकुममा मन्त्री र नेताहरुको भिड देखेर उदेक र दिक्क लाग्ने बताएका छन् ।

तत्काल उद्धार र राहतमा ध्यान दिन पर्नेमा उल्टो सुरक्षा संयन्त्र नै अलमलमा पर्ने गरी नेताहरुको भिड लाग्नु अनावश्यक भएको टिप्पणी गर्दै थापाले अहिले सस्तो सहानुभूतिको राजनीति गर्ने समय नभएको समेत बताए ।

‘स्थानीय कार्यकर्ता परिचालन गरौँ, सरकारी संयन्त्र, सुरक्षा अङ्गलाई सहयोग गरौँ, सकिन्छ भने औषधि खाद्यान्न पठाइदिउँ, डिस्टर्ब हुने काम नगरौं,’ थापाले भने ।

कार्यक्रममा बोल्दै थापाले यथास्थितिबाट मुलुक अघि बढ्न नसक्ने बताए । भ्रष्टाचार, कुशासन, बेरोजगारी ,महङ्गीको अन्त्य आजको प्रमुख आवश्यकता भएको भन्दै यसको लागि अब जनआन्दोलनको विकल्प नभएको उनको भनाइ छ । कार्यक्रममा पार्टीका नेताहरु तारानाथ लुईटेल, राजाराम बर्तौला, रमेश अर्याल, हिक्मत ढकाल, लक्ष्मी हमाल, आशा विष्ट, दिपेन्द्रबहादुर सिंहलगायतले बोलेका थिए ।

कार्यक्रममा भूकम्पमा परी दिवङ्गत भएकाको आत्माको चीर शान्तिको कामना र घाइतेहरुको स्वास्थ लाभको कामना गर्दै एक मिनेट मौन धारण गरिएको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ३ : ०४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको