जाजरकोट भूकम्प : सरकारले सक्रिय बनायो सञ्चार मन्त्रालयको इमरजेन्सी टेलिकम्युनिकेशन क्लष्टर « Khabarhub

जाजरकोट भूकम्प : सरकारले सक्रिय बनायो सञ्चार मन्त्रालयको इमरजेन्सी टेलिकम्युनिकेशन क्लष्टर


१८ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले भूकम्प प्रभावित क्षेत्रको सूचना तथा सञ्चार प्रणालीलाई व्यवस्थित बनाउन सञ्चार मन्त्रालयमा रहेको ‘इमरजेन्सी टेलिकम्युनिकेशन क्लष्टर’ (ईटीसी) लाई सक्रिय बनाएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको आह्वानमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज बसेको बैठकले क्लष्टरलाई सक्रिय बनाउने निर्णय गरेको हो । बैठकले भूकम्प प्रभावित क्षेत्रमा टेलिफान तथा इन्टरनेट सेवा सञ्चालन गर्न सेवा प्रदायकलाई अनुरोध गर्ने र नेपाल दूरसञ्चार प्राधिकरणले सोको समन्वय, अनुगमन र आवश्कयताअनुसार स्रोत परिचालनको व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

त्यस्तै सेवा प्रदायकहरुले सेवालाई प्रभावकारी बनाउन सम्पर्क विन्दु र सम्पर्क व्यक्ति तोक्ने र निन्तर सम्पर्कमा रहने पनि बैठकले निर्णय गरेको छ । बैठकले भूकम्प प्रभावित क्षेत्रबाट सत्यतथ्य, विश्वसनीय र आधिकारिक समाचार सम्प्रेषण गर्न सबै सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई समेत अनुरोध गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रीका सञ्चार विज्ञ नरेन्द्र केसीले जानकारी दिए ।

बैठकले केन्द्रीय र जिल्ला आपतकालीन केन्द्रसँग निरन्तर सम्पर्कमा रहने निर्णय पनि गरेको छ । बैठकमा नेपाल टेलिकमका पदाधिकारीहरुले भूकम्प प्रभावित क्षेत्रहरुमा आधारभूत दूरसञ्चार सेवा निःशुल्क गरेको जानकारी दिएका थिए ।

बैठकमा मन्त्री शर्मा, मन्त्रालयका सचिव कृष्णबहादुर राउत, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, नेपाल पत्रकार महासङ्घलगायत दूरसञ्चार तथा आमसञ्चार क्षेत्रका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ३ : २७ बजे

आज २०८२ साल मंसिर १२ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर १२ गते शुक्रबार। मंसिर शुक्ल पक्षको

मधेशकी वनमन्त्री विच्छालाई राप्रपाले गर्‍यो निलम्बन

जनकपुरधाम– राप्रपाले पार्टीको निर्देशनविपरीत मधेश प्रदेश सरकारमा सहभागी भएकी मन्त्री

यूएईमा समस्यामा परेका विद्यार्थीले विवरण पेस गर्न दूतावासको आग्रह

काठमाडौं- अबुधाबी स्थित नेपाली दूतावासले यूएईमा समस्यामा परेका विद्यार्थीहरूलाई १५

पूर्णबहादुरले माफी माग्दै भने- निर्णय नहुँदासम्म बैठक सारिरहन्छु

काठमाडौँ- नेपाली कांग्रेसको शुक्रबार बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक आइतबार

जनपुरलाई हराएपछि पोखराका विपिन भन्छन्ः टिमको मनोबल बढेको छ

काठमाडौं – पोखरा एभेन्जर्सले राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर