राजनीति

भूकम्प प्रभावितको राहत तथा उद्धारमा पार्टीको झन्डा, लोगो वा पोसाक प्रयोग नगर्न रास्वपाको आग्रह

By खबरहब

November 04, 2023

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले गएराति गएको भूकम्पबाट प्रभावितको राहत तथा उद्धार कार्यक्रममा सहभागी हुँदा पार्टीको झन्डा, ब्यानर, लोगो वा पोसाक प्रयोग नगर्न आग्रह गरेको छ ।

रास्वपाले एक विज्ञप्ति जारी गर्दै उद्धार तथा राहतका लागि कुनै आर्थिक संकलन नगरिएको भन्दै यसो नगर्नसमेत आग्रह गरेको छ ।

विपद् व्यवस्थापनमा सहयोग गर्ने कार्यक्रम विशुद्ध सामाजिक र गैरराजनीतिक भएको भन्दै यस्तो कार्यमा सरिक हुँदा पार्टीको झन्डा, ब्यानर, लोगो वा पोसाक प्रयोग नगर्न आग्रह गरिएको पार्टीले जनाएको छ ।

‘विपद् व्यवस्थापनमा सहयोग गर्ने कार्यक्रम विशुद्ध सामाजिक र गैर राजनीतिक कार्यक्रम भएको, यसमा राज्य र समाजका सबै सरोकारवाला पक्षहरूको प्रतिनिधित्व हुने भएकोले राहत तथा उद्दार कार्यक्रममा सहभागी हुँदा पार्टीको झन्डा, ब्यानर, लोगो वा पोसाक नलगाइदिनु हुन अनुरोध छ,’ पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।