राष्ट्रिय राजनीतिको मियो बन्नुपर्नेमा कांग्रेस आन्तरिक झगडामा रुमल्लिनु दुखःद् : नेता कोइराला | Khabarhub Khabarhub

राष्ट्रिय राजनीतिको मियो बन्नुपर्नेमा कांग्रेस आन्तरिक झगडामा रुमल्लिनु दुखःद् : नेता कोइराला


१८ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

धादिङबेसी- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रिय राजनीतिको मियो बन्नुपर्नेमा कांग्रेस पार्टी आन्तरिक झगडामा रुमल्लिनु दुखःद भएको बताएका छन ।

विपी कोइरालादेखि सुशील कोइरालाको नेतृत्व रहँदासम्म कांग्रेसको वरिपरी नेपालको राजनीति घुमेको प्रशङ्ग स्मरण गर्दै कोइरालाले नेताहरुकै कमीकमजोरीका कारण कांग्रेसको छवि दिनदिनै गिर्दै गएको बताए ।

‘राष्ट्रिय राजनीतिको मियो बन्न सरकारको नेतृत्व नै गर्नपर्छ भन्ने छैन’ कोइरालाले भने ‘विपी कोइराला जेलमा हुनुहुन्थ्यो पार्टी प्रतिबन्धित थियो तर त्यतीबेला पनि नेपाली कांग्रेस राजनीतिको मियो थियो । मेरो लक्ष्य कांग्रेसलाई फेरि त्यस्तै पार्टी बनाउने हो ।’

अन्तर्राष्ट्रिय स्तरमै कांग्रेसको छवि गिर्दै जानु राम्रो संकेत नभएको भन्दै उनले अब केवल गुटबन्दी र आत्मरतिमा रमाएर बस्न नहुने बताए । नेपाली कांग्रेस धादिङको प्रथम जिल्ला सम्मेलनलाई धादिङबेसीमा सम्बोधन गर्दै कोइरालाले अब हुने कुनैपनि निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ५ : ५१ बजे

मलेसियाले नेपाललाई दियो ९१ रनको चुनौती, अभयले लिए चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा