जाजरकोट भूकम्प : खोजी तथा उद्धारका लागि करिब ५ सय सशस्त्र प्रहरी परिचालन « Khabarhub

जाजरकोट भूकम्प : खोजी तथा उद्धारका लागि करिब ५ सय सशस्त्र प्रहरी परिचालन


१८ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका १ स्थित रामीडाँडा केन्द्रविन्दु बनाएर गएराति गएको भूकम्पमा परेकाहरुको खोजी तथा उद्धारको लागि जाजरकोट र पश्चिम रुकुममा करिब ५ सय जना सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

भूकम्पपीडितको खोजी तथा उद्धारका लागि मेडिकल सामाग्री तथा विपद् व्यवस्थापन तालिम प्राप्त टोलीसहित करिब ५ सय सशस्त्र प्रहरी परिचालन गरिएको सशस्त्रले जानकारी दिएको छ । शनिबार विज्ञप्ति जारी गर्दै सशस्त्र प्रहरीले हालसम्म जाजरकोट र पश्चिम रुकुममा गएको भूकम्पमा परेका १ सय ९० जनाभन्दा धेरैको उद्धार गरिएको जानकारी दिएको छ । भूकम्पमा परेकाहरुको खोज तथा उद्धारको लागि सम्बन्धित जिल्ला तथा अन्य जिल्लाहरुबाट समेत सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको छ ।

जाजरकोट जिल्लामा सशस्त्र प्रहरी बल नेपाल नंं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट प्रा. सशस्त्र प्रहरी निरीक्षक डा. निश्चल घिमिरेको कमाण्डमा ७ जना एम्बुलेन्ससहितको मेडिकल टोली, नं. ३२ रक्तकाली गण सुर्खेतबाट ८५ जना, नं. ४२ रिजर्भ गण बाँकेबाट विपद् व्यवस्थापन तालिम प्राप्तसहित ६० जना, आश्रित गुल्म जाजरकोटबाट ७५ जना र आश्रित गुल्म दैलेखबाट ३५ जना गरी जम्मा २ सय ६२ जना सशस्त्र प्रहरी बलको सुरक्षा फौज आवश्यक उद्धार सामाग्रीसहित खटिएको छ ।

त्यस्तै पश्चिम रुकुममा नेपाल एपीएफ अस्पतालबाट प्रा. सशस्त्र प्रहरी नायब उपरीक्षक डा. रोशन पराजुलीसहित ९ जना, नं. २९ ज्वालामाई गण दाङ्गबाट ४० जना, नं. ४७ गुल्म पश्चिम रुकुमबाट १ सय ७ जना, आश्रित गुल्म पूर्वी रुकुमबाट विपद् व्यवस्थापन तालिम प्राप्त टोलीसहित ३० जना र आश्रित गुल्म सल्यानबाट ५५ जनासमेत जम्मा २ सय २१ जना गरी भूकम्प प्रभावित क्षेत्रमा करीब ५ सय सशस्त्र प्रहरी बलको सुरक्षा फौज परिचालन भएका छन् ।

सशस्त्र प्रहरी बल नेपालको डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर दाङ्गबाट पश्चिम रुकुम र सुर्खेतबाट जाजरकोटको लागि पठाइएको भन्दै सशस्त्रले सशस्त्र प्रहरी बल नेपालको मास क्याजुअल्टी भइकल (एमसीभी) काठमाडौं, नेपालगञ्ज र सुर्खेतमा तयारी हालतमा राखिएको छ । नेपालगञ्जमा रहेको ले घाइतेहरुलाई अस्पताल पुर्‍याएको थियो । भूकम्पमा परी घाइतेहरु भर्ना गरिएका अस्पताल नजिकका युनिटहरुमा सशस्त्र प्रहरी बल नेपालको फौज रक्तदानको लागि तयारी हालतमा राखिएको छ ।

सशस्त्र प्रहरी बल नेपालले प्रभावित क्षेत्रहरुमा विपद् उद्धारका दक्ष जनशक्ति समेत परिचालन गरेको छ भने खोज तथा उद्धारको लागि नेपाल एपीएफ अस्पताल तथा उपत्यकास्थित नं. २० विपद् उद्धार उपत्यका गण, नं. २१ निलवाराही गण, नं. २२ गुहेश्वरी गण, नं. २६ गण पश्चिम नवलपरासी, नं. २९ ज्वालामाई गण दाङ्ग, नं. ४१ रिभर्ज गण कपिलवस्तु, नं. ३० बागेश्वरी गण बाँके, नं. ३१ गण बर्दिया, नं. ३४ गण कैलाली र नं. ३५ गण कञ्चनपुरबाट जम्मा ५ सय ६८ जना सशस्त्र प्रहरी बलको विशेष सुरक्षा फौज तयारी अवस्थामा राखिएको छ । जसमा विपद् व्यवस्थापन तालिम प्राप्त १ सय २०,  मेडिकल टिम १६ जना, फायरफाइटिङ्ग १० जना समेत रहेका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ६ : ०५ बजे

किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम

गुल्मी– सत्यवती गाउँपालिकाले पालिकाभित्र गाईपालन गर्ने किसानलाई  प्रोत्साहन तथा अनुदान

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

काठमाडौं– सरकारले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्को आन्तरिक खपत बढाउने

विमल इलायचीको विज्ञापन विवादमा शाहरुख, अजय र टाइगर, एफडीएले माग्यो १५ दिनभित्र स्पष्टीकरण

मुम्बई– बलिउडका तीन ठूला स्टार शाहरुख खान, अजय देवगन र टाइगर

सूर्य थापालाई रोस्ट गरेपछि तनावमा कमेडियन, भन्छन् – धम्कीले कोठाबाहिर निस्किन सकिनँ

काठमाडौं – कमेडीका नाममा ठाडो रोस्ट गर्ने प्रवृतिलाई निरन्तरता दिँदै

इमरान भेट्न जेल पुगे बहिनी र पत्नी, उपचारका लागि अस्पताल सार्न सर्वोच्चको आदेश

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानसँग उनकी बहिनी नोरीन नियाजी र