विराटनगर- नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अनेकतामा एकता नेपालीको विशेषता भएको बताएका छन् ।
एकीकृत समाजवादी मोरङद्वारा आज आयोजित कार्यक्रममा नेता नेपालले नेपाल राष्ट्र सबै जातजातिको फूलबारी भएकाले त्यसमा कहीँकतैबाट आँच आउनु नहुने बताए । उनले प्राकृतिक सम्पदाको समुचित उपयोग गरी रोजगारीका अवसर बढाउन अपरिहार्य भएको बताए । उनले कृषि विकासको माध्यमबाट आर्थिक उन्नयनको मार्गमा अग्रसर हुन सकिने बताए ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशलाई समृद्ध बनाउन सबै राजनीतिक दलबीच सहकार्य र साझेदारी आवश्यक भएको बताए । उनले सर्वदलीय सरकारलाई नेकपा एमालेले स्वीकार गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया