अनेकतामा एकता नेपालीको विशेषता : अध्यक्ष नेपाल | Khabarhub Khabarhub

अनेकतामा एकता नेपालीको विशेषता : अध्यक्ष नेपाल


१८ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

विराटनगर- नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अनेकतामा एकता नेपालीको विशेषता भएको बताएका छन् ।

एकीकृत समाजवादी मोरङद्वारा आज आयोजित कार्यक्रममा नेता नेपालले नेपाल राष्ट्र सबै जातजातिको फूलबारी भएकाले त्यसमा कहीँकतैबाट आँच आउनु नहुने बताए । उनले प्राकृतिक सम्पदाको समुचित उपयोग गरी रोजगारीका अवसर बढाउन अपरिहार्य भएको बताए । उनले कृषि विकासको माध्यमबाट आर्थिक उन्नयनको मार्गमा अग्रसर हुन सकिने बताए ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशलाई समृद्ध बनाउन सबै राजनीतिक दलबीच सहकार्य र साझेदारी आवश्यक भएको बताए । उनले सर्वदलीय सरकारलाई नेकपा एमालेले स्वीकार गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ८ : ४८ बजे

गभर्नर नियुक्तिका विषयमा सत्तारुढ दलभित्र कुनै मतभेद छैन : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्र बैंकको गभर्नर

धितोपत्र बोर्डका नाममा कसले चप्कायो घुस ?

काठमाडौं– हाइड्रो व्यवसायी एवं स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) अहिले

पोखरा स्पोर्ट्स अवार्ड : चौधरीले जितिन् उदीयमान खेलाडीको अवार्ड

पोखरा– नवौँ पोखरा स्पोर्टस् अवार्डमा वर्ष उदीयमान खेलाडी क्रिकेटकी रचना चौधरी

बारपाकमा भिसी गजे घले संग्रहालय उद्‌घाटन

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गोरखाको बारपाकमा भिसी गजे

भारत–पाकिस्तान युद्धले नेपालको बजार र भान्छामा कस्तो असर पर्ला ?

काठमाडौं– आतंकवादविरुद्ध भारतले अगाडि बढाएको ‘मिसन सिन्दुर’ पछि भारत पाकिस्तानबीचमा