सहायता परिचालनमा केन्द्रित हुन माओवादी केन्द्रको आह्वान « Khabarhub

सहायता परिचालनमा केन्द्रित हुन माओवादी केन्द्रको आह्वान


१८ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रगण्डकी प्रदेश समितिले भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत र विस्थापितहरुको व्यवस्थापनमा केन्द्रित हुन पार्टीका नेता कार्यकर्ताहरुलाई आह्वान गरेको छ ।

गण्डकी प्रदेश समितिका अध्यक्ष गायत्री गुरुङले आज जारी गरेको विज्ञप्तिमा घाइतेको खोज तथा उद्धार, अविलम्ब प्रभावकारी स्वास्थ्योपचार, विस्थापितको पुनःस्थापनाको व्यवस्था, खाद्यान्न, बसोबासलगायत आवश्यक सामग्रीको व्यवस्था यथाशिघ्र मिलाउन नेपाल सरकारसहित तीनै तहका सरकार समक्ष माग गर्दै यसका लागि सहयोग पुर्‍याउन र सक्रियतापूर्वक परिचालित हुन पार्टी पंक्तिलाई आह्वान गरिएको छ ।

जाजरकोटको रामिडाडा केन्द्रबिन्दु भई शुक्रबार राति ६ दशमलब ४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट, पश्चिम रुकुमलगायत जिल्लामा भएको जनधनको क्षतिको पीडादायी घटनाबाट माओवादी केन्द्र गण्डकी प्रदेश समिति स्तब्ध भएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा प्राकृतिक विपत्तिले निम्त्याएको दुखद् घटनामा ज्यान गुमाएका मृतकप्रति श्रद्धाञ्जली, परिवारजनमा समवेदना प्रकट र घाइतेको सिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ९ : २८ बजे

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०