सिरिजको अन्तिम खेलमा अस्ट्रेलिया भारतसँग ६ रनले पराजित | Khabarhub Khabarhub

सिरिजको अन्तिम खेलमा अस्ट्रेलिया भारतसँग ६ रनले पराजित


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले घरेलु मैदानमा भएको अस्ट्रेलियाविरुद्धको टी–२० सिरिज ४–१ ले जितेको छ । एक खेल अगाडि नै सिरिज जितेको भारतले अन्तिम खेलमा ६ रनले अस्ट्रेलियालाई पराजित गर्दै ४–१ को जित निकालेको हो ।

सिरिजको अन्तिम खेलको अन्तिम ओभरमा १० रन जोड्न नसक्दा अस्ट्रेलिया ६ रनले पराजित भएको हो । अस्ट्रेलियाले तेस्रो खेल जित्दा भारतले भने पहिलो, दोस्रो र चौथो खेल जित्दै सिरिज जितेको थियो ।

अन्तिम खेलमा आइतबार भारतले दिएको १६१ रनको मध्यम लक्ष्य पूरा गर्न अस्ट्रेलिया चुकेको हो ।

अन्तिम ओभरमा अस्ट्रेलियाका कप्तान म्याथ्यु वेडले दुई बल डट खेले । अर्शदीप सिंहको तेस्रो बलमा उनी श्रेयस अय्यरबाट क्याच भए । उनले १५ बलमा २२ रन जोडेका थिए।

कप्तान वेड आउट भएपछि अन्तिम तीन बलमा १० रन जोड्न नसक्दा अस्ट्रेलिया आठ विकेटको क्षतिमा १५४ रनमा समेटियो । अस्ट्रेलियाका बेन म्याकडरमटले ५४ रनको योगदान गरे पनि जितका लागि पर्याप्त भएन ।

अस्ट्रेलियाको इनिङ धराप पार्न बलिङमा भारतका मुकेश कुमारले ३, अर्शदीप सिंह र रवी विश्नोइले २–२ विकेट लिए ।

टस जितेको अस्ट्रेलियाले फिल्ड रोजेपछि पहिले ब्याटिङ गरेको भारतले ८ विकेटको क्षतिमा १६० रन बनाएको थियो । भारतका लागि श्रेयष अय्रले ५१ रनको अर्धशतकीय पारी खेलेका थिए ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ५ : ३९ बजे

ताप्लेजुङमा पहिरोले घर पुरिँदा चारजना घाइते

ताप्लेजुङ– ताप्लेजुङको सिदिङ्वा गाउँपालिका– ३ मा मङ्गलबार राति पहिरोले घर

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा

गाजाले युद्धविराम प्रस्ताव नमाने धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा