माता पितालाई किन ढोग्ने ?  « Khabarhub

माता पितालाई किन ढोग्ने ? 


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

आफूभन्दा ठूलालाई ढोग गर्ने संस्कार परापूर्व कालदेखि चल्दै आइरहेको छ । नेपाली समाजमा बिहानै माता पिताको खुट्टा ढोग्नु निकै शुभ मानिएको छ ।

हाम्रो पुरानो परम्पराअनुसार छोराले आमाबाबु (माता पिता) र बुहारीले सासूलाई बिहान सबेरै उठेर उनीहरूको गोडा ढोग्नुपर्छ । यो परम्पराले आफूभन्दा ठूला र मान्यवरलाई सम्मान गर्नुपर्छ भनेर सिकाउँछ ।

नेपालीहरू कतै जानु पर्दा या केही शुभ कामको सुरु गर्दा बाबु आमाको खुट्टा ढोगेर आशीर्वाद लिने गर्छन् । कतिपयले बिहानै आफ्ना माता पिताको आशीर्वाद लिएर मात्र दिनको सुरुवात गर्ने गर्छन् ।

बिहानीले दिनको सङ्केत गर्छ भनिन्छ । हामीले बिहानीको कर्म जुन ढंगबाट सुरु गर्छौँ, त्यही अनुसार नै हाम्रो दिन बित्ने गर्छ ।

त्यसैले दिनको सुरुवात सही ढङ्गबाट गरियो भने त्यो दिनभरका लागि उत्साह, उमङ्ग र ऊर्जा जागिरहन्छ ।

हामीले दिनको सुरुवात राम्रो ढङ्गबाट गर्दा मनमा शान्ति छाउनुका साथै परिवारमा सुख शान्ति समृद्धि छाउँछ ।

वास्तु शास्त्रले माता पिता साथमा नहुँदा फोटो राखेर स्मरण गर्दा वा बिहानै माता पिताको खुट्टा ढोग्नुलाई राम्रो मानेको छ । किनकि मातापिता भनेको भगवान हुन् ।

श्रद्धापूर्वक मातापिताको गोडा छुनु आफूभन्दा ठूलाको अगाडि नतमस्तक हुनु हो । यसबाट हामीलाई विनम्रता प्राप्त हुन्छ । शास्त्रमा भनिएको छ कि हामीले दिनदिनै ठूलालाई अभिवादन गर्दै ढोग्दा हाम्रो आयु, विद्या, यश र शक्ति वृद्धि हुन्छ ।

यो एक किसिमकाे सूक्ष्म व्यायाम पनि हो । खुट्टामा छुँदा शारीरिक कसरत पनि हन्छ । निहुरिएर खुट्टामा छुँदा शरीर लचकदार हुन्छ । अगाडि निहुरिँदा शरीरमा रक्तप्रवाह बढ्छ । जसले गर्दा स्वास्थ्यमा निकै फाइदा पर्‍याउँछ ।

ढोग गर्दा एउटा फाइदा यो पनि छ कि हामीसँग भएको अहङ्कार कम हुन्छ । अहङ्कार कम हुनु भनेको शरीरमा भएको नकारात्मक ऊर्जा कम भएर जानु पनि हो । यही कारण हाम्रा पुर्खाहरूले मान्यवरलाई ढोग गर्ने संस्कार चलाएका हुन् ।

यसले घरमा सकारात्मक माहौल पैदा गर्नुका साथै व्यक्तिमा आत्मविश्वास र मान्यजनप्रति आधार सम्मान समेत जगाउँछ । यसले मनमा शान्ति, खुसी र सकारात्मक भाव उत्पन्न हुन्छ ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ६ : ३४ बजे

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली