धेरै कमाउने खेलाडी : कसको आम्दानी कति ? | Khabarhub Khabarhub

धेरै कमाउने खेलाडी : कसको आम्दानी कति ?


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

खराब समयमा गुज्रिएको डेढ वर्ष म्यानचेस्टर युनाइटेडमा बिताएपछि क्रिस्टियानो रोनाल्डो गत जनवरी महिनामा साउदी क्लब अल नासरमा आबद्ध भए। उनको वार्षिक तलब ७५ मिलियन अमेरिकी डलर थियो। अहिले उनी धेरै कमाउने खेलाडीको सूचीमा छन्। सम्भवतः उनी फुटबल मात्र होइन खेलकुदमै धेरै तलब पाउने खेलाडीको सूचीमा रहे।

यसै वर्ष स्टार गल्फर फिल मिकेन्सन र डस्टिन जोन्सनले पीजीए टुर छाडेर साउदी अरेबियाको सहयोगमा चलेको एलआइभी गल्फमा आबद्धता जनाए। यो परिवर्तनसँगै उनीहरूले सुरुवातमै करोडौँ डलर पाए। यस्ता थुप्रै खेलाडी छन्। जो यो वर्षका धनाढ्य खेलाडीको सूचीमा रहे। यी नै मध्येका केही उदाहरण यी तीन हुन्। यो वर्ष धनी खेलाडीको सूचीमा फुटबलर नै रहे।

क्रिस्टियानो रोनाल्डो धेरै कमाउने खेलाडीको सूचीमा छन् । सम्भवतः उनी फुटबल मात्र होइन खेलकुदमै धेरै तलब पाउने खेलाडी हुन् ।

यसै वर्ष लियोनेल मेसी पनि साउदी अरेबियामा पुगे। उनले यस वर्षको अर्जेन्टिनाको पर्यटन एम्बसडरको रूपमा पनि सम्झौता गरे। यसमा पनि उनले लाखौँ डलर कमाएका थिए। त्यसै कारण उनी तत्कालीन क्लब पेरिस सेन्ट जर्मनबाट दुई साता निलम्बनमासमेत परेका थिए।

तेलका धनी खाडी राष्ट्रले अहिले फुटबलका लागि मनग्ये पैसा पठाएका छन्। परन्तु, ती क्लबले गरेको लगानीको प्रतिफल आउने हो, त्यो पनि शङ्काको घेरामा छ।

यी खेलाडी भन्दा अघि यसरी पैसा कमाएर नै चर्चा बटुल्ने खेलाडी प्रोफेसनल बक्सर फ्लोयक म्याक वेथर जुनियर थिए। उनले सो वर्ष दुई सय ८५ अमेरिकी डलर पाएका थिए।

यस वर्षको शीर्ष क्रमको सूचीमा रोनाल्डोका सुरुवाती सम्झौता रकम मात्र होइन अन्य रकम पनि हिसाब गर्दा धेरै फुटबल खेलाडीका लागि सो रकम लोभलाग्दो देखिएको छ।

तेलका धनी खाडी राष्ट्रले अहिले फुटबलका लागि मनग्ये पैसा पठाएका छन्। परन्तु, ती क्लबले गरेको लगानीको प्रतिफल आउने हो, त्यो पनि शङ्काको घेरामा छ।

रोनाल्डोका कुल कमाइ एक सय ३६ मिलियन अमेरिकी डलर रहेको जनाइएको छ। ४६ मिलियन अमेरिकी डलर उनले खेले बापत तलब पाउने छन्। ९० मिलियन अमेरिकी डलर एपरेन्स पैसा पाउने छन्।

२४ वर्षीय फ्रान्सेली स्टार एम्बाप्पेले एक सय मिलियन अमेरिकी डलर कमाउँछन्। यसैगरी जोन्सनले एक सय सात अमेरिकी डलर कमाए। जोन्सन छैटौँ तथा एम्बाप्पे तेस्रो स्थानमा रहे।

यस वर्ष एक सय अमेरिकी डलर भन्दा बढी कमाइ गर्ने आठ खेलाडी मध्ये उनीहरू तीन जना हुन्। यी मध्येका केही त विगतमा पनि एक सय मिलियन अमेरिकी डलर भन्दा बढी कमाउन सफल भएका थिए।

मेसीले यस वर्ष एक सय अमेरिकी डलर कमाए भने लिब्रियन जोन्सले एक सय १९ दशमलव ६ मिलियन डलर कमाए। यी सबैले विगतमा पनि यस्तो सफलता पाएका थिए।

एम्बाप्पे र जोन्सनका साथमा च्याम्पियन मुक्केबाज क्यानेलो अल्भारेज, मिकेन्सन र एनबीएका सार्प सुटर स्टेफन क्युरीले यस वर्ष मात्र यस्तो सफलता पाएका हुन्।

मेसीले यस वर्ष एक सय अमेरिकी डलर कमाए भने लिब्रियन जोन्सले एक सय १९ दशमलव ६ मिलियन डलर कमाए। यी सबैले विगतमा पनि यस्तो सफलता पाएका थिए।

अल्भारेजले एक सय १० मिलियन अमेरिकी डलर, मिकेन्सनले एक सय ६ मिलियन अमेरिकी डलर तथा क्युरीले एक सय १० दशमलव ४ मिलियन अमेरिकी डलर कमाए।

वर्षमा एक सय मिलियन अमेरिकी डलर भन्दा बढी कमाउने सफलता विगतमा पनि अन्य सात खेलाडीले मात्र प्राप्त गरेका छन्।

धेरै कमाउने खेलाडीको सूचीमा टेनिस स्टार रोजर फेडेरर यस वर्ष नवौँ स्थानमा छन्। उनले ९५ दशमलव एक मिलियन अमेरिकी डलर कमाउने छन्। ८९ दशमलव १ मिलियन अमेरिकी डलर कमाएका बास्केटबल स्टार केभिन डुरान्ट १० औं स्थानमा छन्।

५२ वर्षीय गल्फर मिकेन्सन र जोन्सनको यस वर्षको कमाइ भने अचम्मकै छ। गत वर्ष मिकेन्सन ३१ औं स्थानमा थिए। जोन्सन त गत वर्ष शीर्ष ५० स्थानमा पनि थिएनन्। एलआइभी टुरले यी दुईको भाग्य नै फेरिएको छ।

सबै भन्दा धेरै कमाइ गर्ने रोनाल्डो गत वर्षको नोभेम्बरसम्म म्यानचेस्टरका लागि खेली रहेका थिए। जनवरीमा उनी अल नासरमा पुगेका हुन्।

२४ वर्षीय फ्रान्सेली स्टार एम्बाप्पेले एक सय मिलियन अमेरिकी डलर कमाउँछन्। यसैगरी जोन्सनले एक सय सात अमेरिकी डलर कमाए। जोन्सन छैटौँ तथा एम्बाप्पे तेस्रो स्थानमा रहे।

फेसबुक, इन्सटाग्रम र ट्विटरमा मात्र आठ सय ५० मिलियन फलोअर भएका उनको लोकप्रियताका कारण धेरै खेल शक्ति उनीसँगको सहकार्यका लागि तयार छन्। यसका बाबजुद उनी यस वर्ष फेरि युरोपमा फर्कने सम्भावनाको पनि हल्ला चलेको छ। रोनाल्डो भन्दा अघि प्रायोजक संस्थाको चासो टाइगर उड, रोजर फेडेरर र कोनर म्याकगायरमा थियो।

इन्टर मियामयीबाट एमएलएस खेल्ने, बार्सीलोना फर्कने या अल नासरमै रोनाल्डो भएकै क्लबमा आबद्ध हुने हल्ला मेसीका बारे चलिरहेका छन्। एडीडास बड वाइजर र पेप्सीसँगको सहकार्यले उनको कमाइलाई ह्वातै बढाएको छ। फ्यान बेस प्लेटफर्म सोसीकोले उनलाई २० मिलियन अमेरिकी डलर तिरेको छ।
केलियन एम्बाप्पे भने गत वर्ष ३५ औं स्थानमा थिए।

सन् २०१८ मा फ्रान्सलाई विश्वकप उपाधि दिलाउनुका साथै फिफा वर्ष खेलाडीको प्रतिस्पर्धामा पेरिस सेन्ट जर्मनकै उनका साथी मेसी भन्दा ठ्याक्कै पछि परेपछि सोही समयमा पनि उनी प्रतिको चासो बढेको थियो। परन्तु, यस स्तरको कमाइका लागि उनले लामो समय पर्खनु परेको हो।

अल्भारेजले एक सय १० मिलियन अमेरिकी डलर, मिकेन्सनले एक सय ६ मिलियन अमेरिकी डलर तथा क्युरीले एक सय १० दशमलव ४ मिलियन अमेरिकी डलर कमाए।

लेब्रोन जेम्सलाई र्फोब्सले जुन महिनामा नै मिलिनियरको रूपमा सूचीकृत गरेको थियो। स्पोर्ट्स न्युट्रेसन कम्पनी ल्याडर र स्प्रिङ हलमा उनको लगानी समेत रहेको छ। यसले टिभी सो प्रस्तुत गर्ने छ। सन् २०२३ मा सो कम्पनीले फिल्म हाउस पार्टी पनि बनाएको थियो।

अल्भारेजको कमाइमा डिमिट्री विभोल र गेन्डीइ गोलोभ्कीनसँगको भिडन्तले धेरै असर गरेको थियो। जोन्सनले गत वर्ष सबै भन्दा लामो टुरमा सफलता पाउ पछि उनीप्रति धेरैको चासो बढेको हो। मिकेन्सन पनि अहिले गल्फ कोर्समै सक्रिय छन्। गत महिना मास्टर टुरमा उनी एलआइभी गल्फका साथी ब्रोक्का कोप्कासँग संयुक्त रूपमा दोस्रो स्थान पाउन सफल भएका थिए।

क्युरीले यस वर्ष तलबका साथै उनको टोलीलाई उपाधि दिलाएपछि प्रायोजकको बढेको आकर्षणका कारण पनि धेरै कमाइ गरेका हुन्। बास्केटबल बाट अवकाश लिए पछि पनि कमाइ राम्रो होस् भन्ने हेतुले उनले चेज बैङ्कसँग सम्झौता गरिसकेका छन्। उनको मल्टिमिडिया कम्पनी अन एनीमस मिडियाले डकुमेन्ट्री समेत तयार गर्ने गर्छ।

फोर्ब्सको यो आँकडा तलब र प्रायोजनको आधारमा तयार गरिएको हो।फोर्ब्सले तयार पारेको सूचीलाई अन्य धेरै सञ्चार माध्यम र खेल अनुसन्धान संस्थाले पनि स्वीकार गरेका छन्।

फेडेररले गत सेप्टेम्बरमा लाभर कपमा राफेल नाडालसँग अन्तिम खेल खेलेपछि व्यावसायिक टेनिसबाट सन्न्यास लिएका छन्। उनले हालसालै चस्मा कम्पनी ओलीभर पिपल तथा स्विस जुत्ता कम्पनीसँग सहकार्यको सुरुवात गरेका छन्। डुरान्लाई भने फेब्रुअरी महिनामा फोनीक्सले साथमा लिएको थियो। ह्याप्पी हाइकिङसँगको सहकार्यले उनको कमाइलाई अझ बढाएको हो।

फोर्ब्सको यो आँकडा तलब र प्रायोजनको आधारमा तयार गरिएको हो।फोर्ब्सले तयार पारेको सूचीलाई अन्य धेरै सञ्चार माध्यम र खेल अनुसन्धान संस्थाले पनि स्वीकार गरेका छन्।
स्रोतः फोर्ब्स, बिजनेस इन्साइडर

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ८ : ०८ बजे

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः

भीमदत्तका दर्जन घर कटानको जोखिममा

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–९ का देवबहादुर चन्दको पक्की घर