तान्जानियामा बाढी पहिरोमा परी ४७ जनाको मृत्यु | Khabarhub Khabarhub

तान्जानियामा बाढी पहिरोमा परी ४७ जनाको मृत्यु


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

तान्जानिया– उत्तरी तान्जानियामा बाढीका कारण आएको पहिरोमा परी कम्तीमा ४७ जनाको मृत्यु भएको छ ।

राजधानी डोडोमाबाट करिब ३०० किलोमिटर उत्तरमा पर्ने कटेश सहरमा शनिबार भारी वर्षा भएको थियो ।

बाढीपहिरोमा आइतबार साँझसम्म मृत्यु हुनेको संख्या ४७ पुगेको र ८५ जना घाइते भएको उत्तरी तान्जानियाको मन्यारा क्षेत्रकी क्षेत्रीय आयुक्त क्वीन सेन्डिगाले स्थानीय सञ्चारमाध्यमलाई बताइन्।

उनले मृत्यु हुनेको संख्या बढ्न सक्ने उल्लेख गर्दै यस क्षेत्रका धेरै सडक हिलो, पानी र रूख र ढुङ्गाले अवरुद्ध भएको समेत बताएकी छिन् ।

तान्जानियाकी राष्ट्रपति सामिया सुलुहु हसन अहिले राष्ट्रसंघीय जलवायु सम्मेलनका लागि दुबईमा रहेकी छिन् । उनले दुबईबाट नै शोक सन्देश पठाउँदै भनेकी छिन्, ‘बाढीपहिरोमा परेका मानिसहरूलाई उद्धार गर्न आदेश दिन्छु ।’

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ९ : १२ बजे

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून

कप्तान गिलको कीर्तिमानी दोहोरो शतक : के-के बने रेकर्ड ?

बर्मिङघम – कप्तान शुभमन गिलको सानदार दोहोरो शतकपछि भारतले इङ्गल्यान्ड