ताप्लेजुङको याम्फुदिनमा बोलेरो दुर्घटना, चालकको मृत्यु « Khabarhub

ताप्लेजुङको याम्फुदिनमा बोलेरो दुर्घटना, चालकको मृत्यु


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङको सिरीजंघा गाउँपालिका–८ याम्फुदिनमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

गए राति भएको दुर्घटनामा फुङ्लिङ नगरपालिका–५ का अन्दाजी ३० वर्षीय सवारी चालक निशान लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी कमल लुंगेलीले जानकारी दिए ।

उनका अनुसार याम्फुदिनको भोटे गाउँबाट छेबुक तर्फ जाने क्रममा प्र १–०१–००१ ज ३४३७ नम्बरको बोलेरो गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा सोही गाडीकै चालक लिम्बूको घटनास्थलमा नै मृत्यु भएको प्रहरी निरीक्षक लुंगेलीले बताए ।

ओरालो बाटोमा गाडी अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर पल्टिँदा सोही गाडीले चालकलाई थिचेको थियो ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ९ : १७ बजे

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा