इन्डोनेसियामा बाढी र पहिरोमा परी १० जना बेपत्ता « Khabarhub

इन्डोनेसियामा बाढी र पहिरोमा परी १० जना बेपत्ता


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

जाकर्ता– इन्डोनेसियाको सुमात्रा टापुमा टोबा ताल नजिकैको एउटा गाउँमा अचानक आएको बाढी र पहिरोमा परी कम्तीमा १० जना अझै बेपत्ता भएको एक उद्धार अधिकारीले सोमबार बताएका छन् । 

अविरल वर्षाका कारण आएको पहिरो र बाढीले शुक्रबार राति उत्तरी सुमात्रा प्रान्तको एउटा गाउँको आवासीय इलाकालाई असर पुर्याएको थियो । बाढी र पहिरोले ७८ वर्षीया एक महिलाको मृत्यु भएको, दर्जनौँ घर बगाएको र एउटा होटल क्षतिग्रस्त भएको छ ।  

मेदान खोज तथा उद्धार एजेन्सीका प्रमुख बुडियोनोले सुरुमा ११ जना बेपत्ता भएको घोषणा गरिएको तर सोमबार उद्धारकर्मीले एउटा शव फेला पारेको जानकारी दिए । बेपत्ता हुनेमा छ र आठ वर्षका बालबालिका पनि रहेका छन् । 

उनका अनुसार खोजी प्रयासलाई पानी र जमिनमा विभाजन गरिएको छ । थुप्रै डुङ्गा र गोताखोरले बेपत्ता हुनेहरूको खोजी गरिरहेका छन् भने टोबा ताल नजिकै उत्खनन र खोजबिन जारी छ । बेपत्ताहरूको शव विश्वको सबैभन्दा ठूलो ज्वालामुखी तालमा तानिएको हुनसक्ने आशङ्कामा उद्धारकर्मीहरूले सोनार डिटेक्सनको प्रयोग गरिरहेको बुडियोनोले बताए । 

राष्ट्रिय खोज एवं उद्धार एजेन्सी बसरनासका अनुसार करिब एक सय ४० मानिसलाई गाउँबाट विस्थापन गरिएको छ ।  

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ४ : ०३ बजे

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण