इन्डोनेसियामा बाढी र पहिरोमा परी १० जना बेपत्ता | Khabarhub Khabarhub

इन्डोनेसियामा बाढी र पहिरोमा परी १० जना बेपत्ता


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

जाकर्ता इन्डोनेसियाको सुमात्रा टापुमा टोबा ताल नजिकैको एउटा गाउँमा अचानक आएको बाढी र पहिरोमा परी कम्तीमा १० जना अझै बेपत्ता भएको एक उद्धार अधिकारीले सोमबार बताएका छन् । 

अविरल वर्षाका कारण आएको पहिरो र बाढीले शुक्रबार राति उत्तरी सुमात्रा प्रान्तको एउटा गाउँको आवासीय इलाकालाई असर पुर्याएको थियो । बाढी र पहिरोले ७८ वर्षीया एक महिलाको मृत्यु भएको, दर्जनौँ घर बगाएको र एउटा होटल क्षतिग्रस्त भएको छ ।  

मेदान खोज तथा उद्धार एजेन्सीका प्रमुख बुडियोनोले सुरुमा ११ जना बेपत्ता भएको घोषणा गरिएको तर सोमबार उद्धारकर्मीले एउटा शव फेला पारेको जानकारी दिए । बेपत्ता हुनेमा छ र आठ वर्षका बालबालिका पनि रहेका छन् । 

उनका अनुसार खोजी प्रयासलाई पानी र जमिनमा विभाजन गरिएको छ । थुप्रै डुङ्गा र गोताखोरले बेपत्ता हुनेहरूको खोजी गरिरहेका छन् भने टोबा ताल नजिकै उत्खनन र खोजबिन जारी छ । बेपत्ताहरूको शव विश्वको सबैभन्दा ठूलो ज्वालामुखी तालमा तानिएको हुनसक्ने आशङ्कामा उद्धारकर्मीहरूले सोनार डिटेक्सनको प्रयोग गरिरहेको बुडियोनोले बताए । 

राष्ट्रिय खोज एवं उद्धार एजेन्सी बसरनासका अनुसार करिब एक सय ४० मानिसलाई गाउँबाट विस्थापन गरिएको छ ।  

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ४ : ०३ बजे

Nepatop

छात्रा मृत्यु प्रकरण : अनुसन्धानमा प्रभाव पार्ने सामग्री सम्प्रेषण नगर्न प्रहरीको अनुरोध

काठमाडौं । जिल्ला प्रहरी कार्यालयले चितवनले केही दिनअघि रत्ननगर नगरपालिका

समयसापेक्ष संविधान संशोधन जरुरी : पूर्वराष्ट्रपति यादव

मोरङ । पूर्वराष्ट्रपति डा रामवरण यादवले वर्तमान नेपालको संविधान समयसापेक्ष

सरकार र दुग्ध सहकारी संघबीच पाँच बुँदे सहमति

काठमाडौं – सरकार र केन्द्रीय दुग्ध सहकारी सङ्घबीच आज भएको

नगर प्रहरीमाथि आक्रमण गर्ने फुटपाथ व्यापारी नभएर एमाले कार्यकर्ता हुन् : बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ ले गएको

शालीनको मृत्युबारे गम्भीर छानबिन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शालीन पोखरेलको मृत्यु प्रकरणबारे