महिलालाई पत्रकारितामै टिक्ने वातावरण बनाउनुपर्छ : मन्त्री शर्मा « Khabarhub

महिलालाई पत्रकारितामै टिक्ने वातावरण बनाउनुपर्छ : मन्त्री शर्मा


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले महिलालाई पत्रकारितामै टिक्ने वातावरण बनाउनुपर्ने बताएकी छन् । 

प्रेस काउन्सिलको आयोजनामा दाङको भालुवाङमा सुरु भएको लुम्बिनी प्रदेशस्तरीय पत्रकार महिलाको क्षमता अभिवृद्धि तालिमको आज उद्घाटन गर्दै उनले महिला पत्रकार लामो समयसम्म यस पेसामा टिक्न नसक्नु विडम्बना भएको बताए । 

‘महिला पत्रकार लामो समयसम्म पेसामा टिक्न नसक्ने समस्या छ’, मन्त्री शर्माले भने, ‘तालिममा सहभागीले दिनुभएका सुझावलाई नीतिगत तहबाट सुधार गर्न सरकार तयार छ । महिलालाई पेसामा टिकाइराख्न गर्नुपर्ने क्षमता अभिवृद्धिसँगै अवसरहरु सृजना गर्नुपर्छ ।’ 

हरेक क्षेत्रमा महिलाको ३३ प्रतिशत सहभागिता हुनुपर्ने प्रावधान भए पनि पत्रकारितामा हाल २० प्रतिशत मात्रै सहभागिता रहेको उनले जानकारी दिँदै यसलाई बढाउनुपर्ने बताए । मन्त्री शर्माले महिला पत्रकारका उत्तराधिकारी उत्पादन गर्नतर्फ सबैले ध्यान दिनुपर्नेमा जोड दिए। उनले सञ्चारसम्बन्धी विभिन्न ऐन निर्माण तथा संशोधनको तयारी रहेकाले सुझाव दिन पनि सहभागीलाई अनुरोध गरे । 

प्रविधिलाई सही तरिकाले सदुपयोग गर्नतर्फ सबैले ध्यान दिनुपर्ने मन्त्री शर्माको भनाइ थियो । तीन दिनसम्म सञ्चालन हुने तालिममा साइबर शिक्षालाई पनि समावेश गर्नुपर्ने उनले बताए । मन्त्री शर्माले यस्ता क्षमता वृद्धिसम्बन्धी तालिमलाई जिल्लाजिल्लामा सञ्चालन गरेर व्यापक सहभागिता बनाउने गरी तयारी गरिने जानकारी दिए।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ४ : ५४ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६