रुस-युक्रेन युद्धमा मारिएका ६ नेपालीको शव पठाउन रुससँग सरकारको आग्रह « Khabarhub

रुस-युक्रेन युद्धमा मारिएका ६ नेपालीको शव पठाउन रुससँग सरकारको आग्रह


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालले रुस–युक्रेन युद्धमा मारिएका ६ जना नेपालीको शव पठाउन रुस सरकारसँग अनुरोध गरेको छ ।

आज परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै मृतकको शव नेपाल पठाउन र पीडित परिवारलाई क्षतिपूर्ति दिन अनुरोध गरेको हो ।

‘यस मन्त्रालयले मिति २०८०।०४।१६ मा एक प्रेस विज्ञप्ति मार्फत विदेशी सेनामा नेपाली नागरिकहरु भर्ना सम्बन्धमा परम्परागत रुपमा रहेको सम्झौता अन्तरगत केही मित्रराष्ट्रहरुको राष्ट्रिय सेनामा नेपाली नागरिकहरु भर्ना हुँदै आएकोमा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने नेपाल सरकारको नीति नरहेको व्यहोरा स्पष्ट गरेको विदितै छ।

तथापि,रुसमा हालै देहायका ६ जना नेपाली नागरिकहरुको रुसी सेनामा कार्यरत रहँदा दुःखद निधन भएको जानकारी यस मन्त्रालयलाई प्राप्त भएको छ।नेपाल सरकार दिवंगतहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पर्ण गर्दै शोकसन्तप्त परिवारहरुप्रति गहिरो समवेदना व्यक्त गर्दछ।’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसअघि रुस-युक्रेन युद्धमा ४ जना नेपालीको मृत्यु भएको बताइए पनि न्त्रालयले ६ जना नेपालीको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको छ ।

मृत्यु हुनेमा गोरखाका सन्दिप थपपिलया, कपिलवस्तुका रुपक कार्की, कास्कीका देवार राई, पुतलीबजार स्याङजाका प्रितम कार्की, मेलुंग दोलखाका राजकुमार रोका र इलामका गंगाराज मोक्तान रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै मन्त्रालयले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन समेत रुसी सरकारलाई अनुरोध गरेको छ ।

रुसी सेनामा भर्ना भई हाल युक्रेनमा बन्दी अवस्थामा रहेका नेपाली विवेक खत्रीलाई नेपाल फिर्ता गर्ने सम्बन्धमा समेत कूटनीतिक पहल भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ५ : ३७ बजे

प्रधानमन्त्री कार्कीसँग देउवा, ‌ओली र प्रचण्डको छलफल

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेताहरूसँग छलफल गरेकी

‘बाजिगर’ र ‘डर’ मा शाहरुखको भूमिकाबाट प्रभावित थलापथी विजय

काठमाडौं– बलिउडका सुपरस्टार शाहरुख खानले आफ्नो फ्लिम करिअरमा केही यस्ता

प्रशिक्षण केन्द्रहरूबीच सहकार्य सुदृढ गर्न नेटवर्किङ कार्यशाला

काठमाडौं– खानेपानी, सरसफाइ तथा स्वच्छता ९वास० क्षेत्रको क्षमता विकासलाई अझ

हात्ती सुन्दरी प्रतियोगिता : पुनम कली बनिन् प्रथम

चितवन– चितवनको सौराहामा जारी तीन दिने हात्ती महोत्सव अन्तर्गत आइतबार

कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैन : मन्त्री घिसिङ

काठमाडौं–  शहरी विकासमन्त्री कुलमान घिसिङले नेपालमा द्रुत विकास हासिल गर्न