पृथ्वीराजमार्गको पूर्वी सडकखण्डको आँबुखैरेनीमा कालोपत्र सुरु « Khabarhub

पृथ्वीराजमार्गको पूर्वी सडकखण्डको आँबुखैरेनीमा कालोपत्र सुरु


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

तनहुँ- पृथ्वीराजमार्गको पोखरा–मुग्लिन सडक(पूर्वीखण्ड)अन्तर्गत आँबुखैरेनी गाउँपालिकाचोकदेखि मार्कीचोकसम्म सडकखण्डमा कालोपत्रको काम सुरु गरिएको छ । 

आँबुखैरेनी गाउँपालिका चोकबाट सुरु गरी गत असारमा कालोपत्र गरिएको स्थान मार्कीचोकसम्म जोड्ने गरी कालोपत्र अघि बढाएको हो । यसअघि आँबुखैरेनी गाउँपालिका–१ सत्रसयबाट सुरु गरी मार्किचोकसम्मको करिब तीन किलोमिटर दूरीमा कालोपत्र सम्पन्न गरिसकेको छ ।

अब गरिने चार किलोमिटर दूरी कालोपत्र काम १० देखि १५ दिनभित्र सम्पन्न गर्ने लक्ष्य रहेको पोखरा–मुग्लिन सडक योजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेको भनाइ छ । जिल्लाको डुम्रेदेखि छिर्कनसम्मको करिब छ किलोमिटर दूरी एकतर्फी कालोपत्र केही समय अघि सम्पन्न भएको थियो । 

बन्दीपुर–१ नाहालादेखि व्यास–१२ छिर्कनसम्मको उक्त दूरीमा अस्फाल्ट प्रविधिको कालोपत्र तिहारपछि लगत्तै सम्पन्न गरेको हो । तिहारअघि तीन किलोमिटर र तिहारपछि तीन किलोमिटर दूरीमा कालोपत्र सम्पन्न गरेपछि आँबुखैरेनी क्षेत्रबाट काम सुरु गरेको आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिएका छन् । 

राजमार्गको पूर्वी खण्डको एकतर्फी सडकमा कालोपत्र गर्न थालेपनि एकतर्फी पूरै कालोपत्र गर्ने कार्य बाँकी छ । बरादीबाट डुम्रे, छिर्कनबाट दमौली र दमौलीबाट जामुनेसम्म एकतर्फी कालोपत्र गर्ने कार्य बाँकी रहेकाले एकतर्फी कालोपत्र गरिए पनि सवारीसाधनलाई धेरै सहज हुने विश्वास गरिएको छ । 

‘बिजुलीको खम्बा हटाइएको, घर भत्काएर खुला भएका स्थानमा काम गर्दै जाने योजनाअनुरुप निर्माण र कालोपत्रका कार्य अघि बढाइएको छ’, इञ्जिनियर पाण्डेले भने , ‘उक्त खण्डमा हालसम्म ३६ प्रतिशतभन्दा बढी कार्य प्रगति भइसकेको छ ।’

‘सडकका दायाँबायाँ कटिङ गर्ने र कल्भर्ट राख्नेलगायतका कार्य सम्पन्नपश्चात कालोपत्र कार्य अघि बढाइएको हो’, उनले भने, ‘कालोपत्र गर्नुपूर्व समाबेस र बेस प्रयोग गरी रोलिङ गरेर सुकेपछि बिटुमिनको झोल राखेर कालोपत्र गरिन्छ ।’

उक्त राजमार्गको पूर्वी सडकअन्र्तगत ४१ दशमलव ४५ किमी दूरीमा सडक विस्तारका कार्य भइरहेको छ । पूर्वी खण्डको सडक निर्माणका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई विसं २०७८ वैशाख २ गतेदेखि निर्माण प्रक्रिया अघि बढाइएको हो ।

पूर्वी खण्डको रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का लागेको हो । सडकको डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक हुनेछ । सडक विस्तार गर्दा सडक सीमा दुईतर्फी २५-२५ मिटर हुनेछ भने सहरी क्षेत्र बाक्लो बस्ती भएको स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । 

पूर्वीखण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ भने यसखण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको इञ्जिनियर पाण्डेले जानकारी दिएका छन् । 

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ६ : ०३ बजे

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ भने दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित