नेपालीलाई भर्ती नलिन रुस र युक्रेनलाई सरकारको पत्र « Khabarhub

नेपालीलाई भर्ती नलिन रुस र युक्रेनलाई सरकारको पत्र


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली नागरिकहरु युक्रेन विरुद्ध लडिरहेको रुसको सेनामा भर्ती भएको र छ जना नेपालीहरु मारिएको खबर आएपछि नेपाल सरकारले दुबै देशलाई पत्राचार गर्ने निर्णय गरेको छ ।

नेपाल सरकारले रुस र युक्रेन दुबै देशलाई पत्र पठाएर नेपाली नागरिकलाई सेनामा भर्ती नलिन औपचारिक आग्रह गर्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल यसै साता कोप सम्लेलनमा भाग लिन युएई हिँड्ने बेलामा रुसस्थित नेपाली दूताबासले ६ जना नेपालीको मृत्यस भएको सूचना परराष्ट्र मन्त्रालयमार्फत सरकारलाई दिएको थियो ।

लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानसेनापति, प्रहरीका प्रमुख, मन्त्रालयका सचिवसमेतको बैठक बोलाएर छलफल गरेका थिए ।

सो छलफलमा रुसी सेनामा कति नेपाली गएका छन्, पढ्न जाने अनुमति लिनेहरु त्यसरी सेनामा भर्ना भएका हुन् कि वा कुन स्रोतबाट गएका हुन् भन्नेबारे रुसी राजदूतसँग छलफल गर्ने निर्णय गरेको थियो ।

यसैवीच सोमबार सिंहदरबारमा परराष्ट्र मन्त्रालयका अधिकारीसँगको छलफलपछि सरकारले रुस र युक्रेन दुबै देशलाई सैन्य भर्ना नगर्न पत्राचार गर्ने निर्णय गरेको प्रधानमन्त्रीको कार्यालयले जानकारी दियो ।

स्रोतले भन्यो,‘रुसी सेनामा मात्र होइन, युक्रेनको सेनामा पनि नेपालीहरु भर्ती भएको सूचना आएको छ । नेपालले सम्झौता नगरेको देशमा यसरी नेपालीलाई सैन्य कार्यमा लगाउन पाइँदैन ।’

त्यसो त सिंहदरबारमा सरकारी अधिकारीबीच भएको छलफलमा एनओसी लिएर रुसमा पढ्न जाने विद्यार्थी र टुरिष्ट भिसामा जानेहरुमाथि पनि रोक लगाउनेबारे छलफल भएको थियो ।

तर, उनीहरुलाई रोक नलगाइने भएको छ । यसबारे जानकारी दिँदै प्रधानमन्त्री दाहालले भने,‘रुसमा पढ्न जाने विद्यार्थीमाथि रोक लगाइने छैन, तर सैन्य भर्तीमा नजान र नलगाउन सचेत गराउने सरकारले नीति लिएको छ ।

यसबारे रुस र युक्रेन दुबैलाई सरकारले पत्र पठाउने निर्णय भएको छ ।’ यसैगरी रुसी सेनामा लागेर मृत्युवरण गरेका ६ जना नेपालीको शव नेपाल पठाउने प्रवन्ध गर्न सरकारले रुसलाई भनेको छ ।

यो पनि…..

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ६ : २८ बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना