नेपालीलाई भर्ती नलिन रुस र युक्रेनलाई सरकारको पत्र | Khabarhub Khabarhub

नेपालीलाई भर्ती नलिन रुस र युक्रेनलाई सरकारको पत्र


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली नागरिकहरु युक्रेन विरुद्ध लडिरहेको रुसको सेनामा भर्ती भएको र छ जना नेपालीहरु मारिएको खबर आएपछि नेपाल सरकारले दुबै देशलाई पत्राचार गर्ने निर्णय गरेको छ ।

नेपाल सरकारले रुस र युक्रेन दुबै देशलाई पत्र पठाएर नेपाली नागरिकलाई सेनामा भर्ती नलिन औपचारिक आग्रह गर्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल यसै साता कोप सम्लेलनमा भाग लिन युएई हिँड्ने बेलामा रुसस्थित नेपाली दूताबासले ६ जना नेपालीको मृत्यस भएको सूचना परराष्ट्र मन्त्रालयमार्फत सरकारलाई दिएको थियो ।

लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानसेनापति, प्रहरीका प्रमुख, मन्त्रालयका सचिवसमेतको बैठक बोलाएर छलफल गरेका थिए ।

सो छलफलमा रुसी सेनामा कति नेपाली गएका छन्, पढ्न जाने अनुमति लिनेहरु त्यसरी सेनामा भर्ना भएका हुन् कि वा कुन स्रोतबाट गएका हुन् भन्नेबारे रुसी राजदूतसँग छलफल गर्ने निर्णय गरेको थियो ।

यसैवीच सोमबार सिंहदरबारमा परराष्ट्र मन्त्रालयका अधिकारीसँगको छलफलपछि सरकारले रुस र युक्रेन दुबै देशलाई सैन्य भर्ना नगर्न पत्राचार गर्ने निर्णय गरेको प्रधानमन्त्रीको कार्यालयले जानकारी दियो ।

स्रोतले भन्यो,‘रुसी सेनामा मात्र होइन, युक्रेनको सेनामा पनि नेपालीहरु भर्ती भएको सूचना आएको छ । नेपालले सम्झौता नगरेको देशमा यसरी नेपालीलाई सैन्य कार्यमा लगाउन पाइँदैन ।’

त्यसो त सिंहदरबारमा सरकारी अधिकारीबीच भएको छलफलमा एनओसी लिएर रुसमा पढ्न जाने विद्यार्थी र टुरिष्ट भिसामा जानेहरुमाथि पनि रोक लगाउनेबारे छलफल भएको थियो ।

तर, उनीहरुलाई रोक नलगाइने भएको छ । यसबारे जानकारी दिँदै प्रधानमन्त्री दाहालले भने,‘रुसमा पढ्न जाने विद्यार्थीमाथि रोक लगाइने छैन, तर सैन्य भर्तीमा नजान र नलगाउन सचेत गराउने सरकारले नीति लिएको छ ।

यसबारे रुस र युक्रेन दुबैलाई सरकारले पत्र पठाउने निर्णय भएको छ ।’ यसैगरी रुसी सेनामा लागेर मृत्युवरण गरेका ६ जना नेपालीको शव नेपाल पठाउने प्रवन्ध गर्न सरकारले रुसलाई भनेको छ ।

यो पनि…..

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ६ : २८ बजे

पशुपतिनाथको भेटी चोरेको आरोपमा आठ जना पक्राउ

काठमाडौं – भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी

आगलागीको क्षति विवरण सङ्कलन गर्न समिति गठन

तनहुँ –तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनका सटरमा आज भएको

हरेक वर्ष कोइलावासमा पानीको समस्या

दाङ – गढवा गाउँपालिका–८ कोइलाबास निवासी ध्रुवरत्न तुलाधरलाई गर्मी याम

एक सय सात किलो गाँजासहित कार चालक पक्राउ

महोत्तरी – महोत्तरी प्रहरीले एक सय सात किलो गाँजासहित आज

भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण सम्पन्न

काठमाडौं – विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये