कपिल शर्मा र सुनिल ग्रोवरबीचको झगडा समाप्त « Khabarhub

कपिल शर्मा र सुनिल ग्रोवरबीचको झगडा समाप्त


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कमेडियन कपिल शर्मा र सुनिल ग्रोवरबीच वर्षौदेखि चलिरहेको झगडा अब भने समाप्त भएको छ । नेटफ्लिक्सको अपकमिङ शोमा दुबै जनासँगै देखिदैंछन् । यी दुई आफ्नो पुरानो टिमसँग पुनः साथसाथ नयाँ शोमा आउन लागेका हुन् ।

दुबैका फ्यानहरूका लागि यो निकै खुसीको खबर हो । गएको ६ वर्षदेखि यी दुईबिच झगडा चलिरहेको थियो । दुवैले कपिल शर्मा शोमा सँगै काम गरेका थिए । तर एउटा झगडाका कारण दुवैको सम्बन्ध बिग्रिएको थियो ।

नेटफ्लिक्सले यो खबरलाई औपचारिक रुपमा शेयर गरेको छ । एउटा भिडियोमा कपिलको साथमा सुनिल देखिएका छन् । भिडियोको शुरुआतमा दुवैले फरक अन्दाजमा इन्ट्रोडोक्शन दिएका छन् । फ्यानहरूलाई नयाँ प्रोजेक्ट आउन लागेको सन्देश दिएका छन् । कुराकानी गर्ने क्रममा हामी १९० भन्दा धेरै देशमा आउने वाला छौं भनेर कपिलले भनेका छन् ।

त्यसको उत्तरमा सुनिलले चाँहि हामी अस्ट्रेलिया जाँदैनौ भन्छन् । तर कपिलले होइन अस्ट्रेलिया त जाने हो, त्यहाँ मानिसहरू हामीलाई कुरिरहेका छन् भन्छन् । यो सुनेर सुनिलले एउटा शर्त राख्छन्, हवाईजहाजबाट होइन, सडक भएर जाने । शोमा यी दुईको साथमा राजीव ठाकुर, किकु शारदा, अर्चना पूरन सिंह र कृष्णा अभिषेक पनि देखिदैंछन् ।

स्रोत: एएनआई

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ९ : ४३ बजे

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले