प्रतिबन्धित आस्था मानेको भन्दै चीनमा वृद्ध दम्पत्तिलाई जेल « Khabarhub

प्रतिबन्धित आस्था मानेको भन्दै चीनमा वृद्ध दम्पत्तिलाई जेल


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनमा प्रतिबन्धित आस्था मानेको भन्दै एक वृद्ध दम्पत्तिलाई जेल सजाय सुनाइएको छ । चीनको हेनान प्रान्तको लुयोयाङ क्षेत्रमा प्रतिबन्धित फालुन गोङ आस्था मानेको आरोपमा श्रीमानलाई ४ र श्रीमतीलाई ५ वर्षको जेल सजाय सुनाइएको हो ।

सन् १९६४ मा जन्मेका ली शुलिनलाई फालुन गोङ आस्था मानेको आरोपमा यसअघि प्रहरीले तीन पटक पक्राउ गरिसकेको थियो । उनलाई पुनर्शिक्षा केन्द्रमा लगेर कुटपिट एवम् यातना दिइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

ली शुलिनसँगै उनकी श्रीमती वाङ लिजुआनलाई प्रहरीले गत जनवरीमा पक्राउ गरेको थियो । नयाँ वर्षको समयमा फालुन गोङको प्रचार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको र प्रहरीले उनीहरुको घरबाट पैसा, व्यक्तिगत सरसामान र किताबहरु जफत गरेको बताइएको छ ।

पछि रिहा गरिएपनि उनीहरु मार्चमा फेरि बेपत्ता भएका थिए । उनीहरुलाई सजाय सुनाइएको बारे गत नाभेम्बरमा मात्रै आफन्तहरुलाई जानकारी दिइएको थियो ।

पछिल्लो समय चीनमा मुसलमान, इसाई, फालुन गोङजस्ता आस्था मान्नेहरुमाथि चरम दमन भइरहेको आरोप लाग्दै आएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  १२ : ५४ बजे

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको