घरजग्गा कारोबारको प्रक्रियालाई सरल बनाउनुपर्छ : अध्यक्ष लोहनी « Khabarhub

घरजग्गा कारोबारको प्रक्रियालाई सरल बनाउनुपर्छ : अध्यक्ष लोहनी


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले अर्थतन्त्रलाई चलायमान बनाउन घरजग्गाको कारोबारलाई सबल र सरल प्रक्रियामा लैजानुपर्ने बताएका छन् ।

रफत सञ्चार क्लबले सोमबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष लोहनीले अर्थतन्त्रमा अहिले देखिएको संकट समाधान गर्न घरजग्गा कारोबारलाई सरल बनाउनु पर्ने बताएका हुन् ।

उनले घरजग्गा व्यवसायलाई उत्पादनशील क्षेत्र मानेर राज्यले त्यहीअनुरूपको नीति, ऐन, नियमावली र निर्देशिका समयानुकूल बनाएमा वर्तमान अवस्थामा देखिएको आर्थिक शिथिल वातावरण स्वतः हटेर जाने विचार व्यक्त गरे । उनले भने, ‘घरजग्गा व्यवसायलाई फस्टाउन दिन नेपाल राष्ट्र बैंकले केही खुकुलो नीति अख्तियार गरेर लोन टु भ्यालु रेस्यो प्रणालीमा जानुप र्‍यो । ऋणको प्रतिशत ५० बाट ७० मा पुर्‍योउनु पर्ने हुन्छ ।’

अध्यक्ष लोहनीले घरजग्गाको कारोवारमा सरकारी मूल्यांकन र बजारी मूल्यांकनमा अन्तर भएकाले एउटा सर्वस्वीकार्य स्वतन्त्र, स्वच्छ मूल्यांकन प्रणाली अपनाएमा सरकारको राजस्व संकलनमा पनि उल्लेख्य प्रगति हुने तर्क राखे ।

उनले भने, ‘कसैले घरजग्गा खरिद गर्दा होस वा बेच्दा इएमआईको दुई सय प्रतिशत आयकर देखाउन्पर्ने वर्तमान प्रावधानको ठाउँमा सय प्रतिशत गरे पनि नेपाली अर्थतन्त्रले फड्को मार्ने निश्चित छ । हामीले घरजग्गाको विकासका लागि सरकारका सम्बन्धित निकायलाई मालपोत तथा भूमिसुधार मन्त्रालयअन्तर्गतका निकायहरूलाई पारदर्शी र झन्झटमुक्त बनाउन भनेका छौंं ।अहिले मालपोत तथा भूमिसुधारका निकायहरू सेवाग्राहीलाई अनावश्यक दुःख दिने र अपारदर्शी ढंगबाट कार्य सम्पादन गर्ने संस्थाको रूपमा स्थापित छ ।’

उनले पोखराको घटनापछि मालपोत र भूमिसुधारका कर्मचारहरूका नकारात्मक व्यवहारबाट घरजग्गाको कारोवारमा मन्दी आएको ठोकुवासमेत गरे ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  १० : ०५ बजे

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता

तान्जानिया – तान्जानियाको अरुसामा आयोजित अन्तर–संसदीय सङ्घ (आईपीयू) को १५३औँ

गगन थापाको घोषणा-‘कांग्रेसमा आजदेखि सबै गुट सकिए, अब कुनै समूह छैन’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र रहेका सबै

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको

म्यादी प्रहरीको पोसाक खरिद छानबिनः १९ बुँदे कार्यविधि पारित

काठमाडौँ – निर्वाचन (म्यादी) प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी