पोर्चुगल पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एक महिला पक्राउ | Khabarhub Khabarhub

पोर्चुगल पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एक महिला पक्राउ


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने बहानामा ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बाराको निजगढ घर भइ काठमाडौं तारकेश्वर बस्दै आएकी ४३ वर्षीया सुष्माकुमारी खड्कालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले राजु शाहीलाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाईदिन्छु त्यसको लागि ११ लाख रुपैयाँ लाग्छ, पोर्चुगल पुगेपछि होटलमा वेटर काम लगाइदिन्छु, मासिक एक लाख २० हजार रुपैयाँ भन्दा धेरै तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी ७ लाख ५० हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भएकी थिइन् ।

उनलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ११ : २३ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’