‘मिस्टर ग्लोबल’ मा नेपालको प्रतिनिधित्व नूतन श्रेष्ठले गर्ने « Khabarhub

‘मिस्टर ग्लोबल’ मा नेपालको प्रतिनिधित्व नूतन श्रेष्ठले गर्ने


२१ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ‘मिस्टर नेपाल वल्र्ड’ नूतन श्रेष्ठले ‘मिस्टर ग्लोबल’ मा नेपालको प्रतिनिधित्व गर्ने भएका छन्। श्रेष्ठलाई नेक्स्ट मोडल्स नेपालले प्रतियोगितामा पठाउन लागेको हो।

यो वर्ष ‘मिस्टर वल्र्ड’ आयोजना नहुने भएकाले श्रेष्ठलाई ‘मिस्टर ग्लोबल’ मा पठाउन लागेको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए। आगामी २ देखि १२ फेब्रुअरीसम्म थाइल्यान्डमा आयोजना हुने प्रतियोगितामा उनी नेपाली कला संस्कृतिसहित सहभागी हुन लागेका हुन्। जसका लागि उनले प्रशिक्षणदेखि विभिन्न तयारीसमेत गरिरहेका छन्। करिब ६० बढी देशका पुरुषहरूको सहभागिता रहने ‘मिस्टर ग्लोवल’ प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मानिन्छ।

श्रेष्ठ ‘मिस्टर नेपाल वल्र्ड २०२२’ का विजेता पनि हुन्। ‘मिस्टर नेपाल’ पुरुषहरू सहभागी हुने नेपालकै प्रतिष्ठित र ठूलो प्रतियोगिता हो। २६ वर्षका श्रेष्ठले ३५ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि चुमेका थिए।

‘मिस्टर ग्लोवल’ को उपाधि नेपाल भित्र्याउने लक्ष्यसहित प्रतियोगितामा आफू सहभागी हुन लागेको श्रेष्ठले बताए। ‘उपाधिको अलावा नेपाली कला संस्कृति, पर्यटन प्रवर्द्धनसमेत प्रतियोगितामा गर्नेछु,’ उनले थपे।

प्रकाशित मिति : २१ पुस २०७९, बिहीबार  १० : ०६ बजे

यातायात क्षेत्र सुधारका लागि सक्रिय भयो उच्चस्तरीय आयोग, एक महिने म्यान्डेट 

काठमाडौं– सरकारद्वारा गठित यातायात क्षेत्रसँग सम्बन्धित उच्चस्तरीय जाँचबुझ आयोगले औपचारिक रूपमा

भिरबाट लडेर एक जनाको मृत्यु

भद्रपुर– यहाँको अर्जुनधारा नगरपालिका–२ लाप्चेटारमा भिरबाट लडेर एक जनाको मृत्यु

पाँच महिनामा १९ अर्ब बढीको मोबाइल र १५ अर्ब बढीको सुन आयात

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा १९ अर्ब

देशभरका अदालत धाउँदा जीउभरी किला ठोकेको जस्तो महसुस भयो : रवि लामिछाने

काठमाडौं– रास्वपा सभापति रवि लामिछानेले केपी ओलीले लगाएको गुन तिर्न

१८ जना कोलम्बियाली सैनिक अपहरणमा

बोगोटा– इएलएन छापामार समूहविरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई