‘मिस्टर ग्लोबल’ मा नेपालको प्रतिनिधित्व नूतन श्रेष्ठले गर्ने « Khabarhub

‘मिस्टर ग्लोबल’ मा नेपालको प्रतिनिधित्व नूतन श्रेष्ठले गर्ने


२१ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ‘मिस्टर नेपाल वल्र्ड’ नूतन श्रेष्ठले ‘मिस्टर ग्लोबल’ मा नेपालको प्रतिनिधित्व गर्ने भएका छन्। श्रेष्ठलाई नेक्स्ट मोडल्स नेपालले प्रतियोगितामा पठाउन लागेको हो।

यो वर्ष ‘मिस्टर वल्र्ड’ आयोजना नहुने भएकाले श्रेष्ठलाई ‘मिस्टर ग्लोबल’ मा पठाउन लागेको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए। आगामी २ देखि १२ फेब्रुअरीसम्म थाइल्यान्डमा आयोजना हुने प्रतियोगितामा उनी नेपाली कला संस्कृतिसहित सहभागी हुन लागेका हुन्। जसका लागि उनले प्रशिक्षणदेखि विभिन्न तयारीसमेत गरिरहेका छन्। करिब ६० बढी देशका पुरुषहरूको सहभागिता रहने ‘मिस्टर ग्लोवल’ प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मानिन्छ।

श्रेष्ठ ‘मिस्टर नेपाल वल्र्ड २०२२’ का विजेता पनि हुन्। ‘मिस्टर नेपाल’ पुरुषहरू सहभागी हुने नेपालकै प्रतिष्ठित र ठूलो प्रतियोगिता हो। २६ वर्षका श्रेष्ठले ३५ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि चुमेका थिए।

‘मिस्टर ग्लोवल’ को उपाधि नेपाल भित्र्याउने लक्ष्यसहित प्रतियोगितामा आफू सहभागी हुन लागेको श्रेष्ठले बताए। ‘उपाधिको अलावा नेपाली कला संस्कृति, पर्यटन प्रवर्द्धनसमेत प्रतियोगितामा गर्नेछु,’ उनले थपे।

प्रकाशित मिति : २१ पुस २०७९, बिहीबार  १० : ०६ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५