पाँचथरमा ग्रामीण भेगका सडक कालोपत्रे हुँदै « Khabarhub

पाँचथरमा ग्रामीण भेगका सडक कालोपत्रे हुँदै


२१ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

पाँचथर – जिल्लामा पूर्वाधार विकास कार्यालयअन्तर्गत सञ्चालन भइरहेका कालोपत्रे हुने तीन वटा सडक आयोजनाको काम अघि बढेको छ। चारमध्ये एक आयोजनाको काम भने अघि बढ्न सकेको छैन। पाँचथरमा अहिले मुख्य सडक कालोपत्रेको काम अघि बढिरहेको पूर्वाधार विकास कार्यालय पाँचथरका प्रमुख राजनराज रिड्डीले बताए। उनका अनुसार अहिले तीन वटा आयोजनाको काम द्रुत गतिमा अघि बढिरहेको छ भने एउटा आयोजनाको काम पनि चाँडै अघि बढ्नेछ।

फिदिम फालोटको १० किलोमिटर सडकको कालोपत्रे गर्ने कार्य ८० प्रतिशत र आर्थिक प्रगति ७४ प्रतिशत सकिएको छ। कन्काई पिएएस जेभी झापाले रु ६० करोड २७ लाखको लागतमा गत ०७६ असार ३० गते सो आयोजनाको जिम्मा लिएको थियो।

उक्त आयोजनाको समय अवधि आगामी २०८० असार मसान्तसम्ममा सकिँदैछ तर कालापत्रे गर्ने कार्य फागुन महिनाको अन्त्यसम्ममा सकिने पूर्वाधार विकास कार्यालयको अनुमान छ। विसं २०७८ मसान्तसम्मै आयोजनाको काम सकिनुपर्ने भए पनि कोभिड महामारीको कारण दुई वर्ष समय थपिएको थियो।

यस्तै यासोक सरखण्डे १३ दशमलव तीन किलोमिटर सडक रहेको आयोजनाको काम कोभिडले दुई वर्ष समय थपिएको थियो। अब यो आयोजनाको काम आगामी बर्ष असार मसान्तमा सकिँदैछ। यो सडकको अहिले भौतिक प्रगति ५० प्रतिशत र वित्तीय प्रगति ४६ प्रतिशत सकिएको कार्यालयले जनाएको छ।

यो सडकको कालोपत्रे गर्ने जिम्मा लामा च्याङमिला जेभी काठमाडौँले रु ६० करोड ९२ लाखको लागतमा लिएको हो। यस्तै सात किलोमिटर फिदिम शिवालय नाङलापा छिन्तापु सडकको कालोपत्रे गर्ने कार्य भौतिक प्रगति ८० प्रतिशत र वित्तीय प्रगति ६९ प्रतिशत सकिएको छ। दिवा सफल जेभी काठमाडौँले रु २६ करोड ४५ लाखको लागतमा कालोपत्रे गर्ने कार्य गरिरहेको छ। यो आयोजनाको काम आगामी वर्ष असार मसान्तसम्ममा सकिँदैछ।

यसैगरी १४ किलोमिटर रहेको सिवादोभान लुम्फाबुङ नवमीडाँडा सडकको कालोपत्रे गर्ने कार्य भने अघि बढ्न सकेको छैन। विसं २०७६ असार मसान्तमा सम्झौता भएको उक्त सडकको समयअवधि आगामी वर्ष असार मसान्तसम्ममा सकिँदैछ। कान्छाराम याक्थुहाङ जेभी पाँचथरले रु २६ करोड ४५ लाखको लागतमा आयोजनाको जिम्मा लिएको थियो तर थपिएको समय अवधिमा पनि कामले गति लिन नसकेको र निर्माण व्यवसायीलाई ताकेता गरिरहेको हुँदा समय अवधिभित्रै काम हुने आशा राखिएको कार्यालय प्रमुख रिड्डीले बताए।

यस्तै सप्तमी दशमी–मौवा लखुवा दोभानअन्तर्गत मौवादेखि लखुवादोभान सम्मको १४ किलोमिटर सडकको कालोपत्रे गर्न बोलपत्र आह्वान प्रक्रिया पनि अघि बढेको उनले बताए। आगामी माघ महिनाभरिमै सम्झौता भई काम अघि बढ्ने जनाइएको छ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहीबार  १० : ३१ बजे

०८३ को सुरुवात : दयनीय बक्स अफिस कलेक्सन

काठमाडौँ- ०८३ सालको सुरुवाती दुई महिना नबित्दै ११ वटा फिल्म

हुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ सिसेनी क्षेत्रमा मङ्गलबार

अर्थ र सार्वजनिक लेखा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको विभिन्न दुईवटा समितिको बैठक

विश्वकप: अमेरिकाले इरानी समर्थकको टिकट रद्द गरेको इरानको दाबी

तेहरान – इरानी फुटबल महासङ्घले सन् २०२६ को विश्वकप सह–आयोजक

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नमा अर्थमन्त्रीले जवाफ दिने कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक