क्यानडा जाने विद्यार्थीका लागि अन्तरक्रिया « Khabarhub

क्यानडा जाने विद्यार्थीका लागि अन्तरक्रिया


२१ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


537
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्लो समय आकर्षक शैक्षिक गन्तव्य बनिरहेको क्यानडामा नेपाली विद्यार्थीहरूको चासो बढिरहेको देखिन्छ। गोरेटो कन्सल्टेन्सीले क्यानडा अध्ययनका विषयमा दुई  विद्यार्थी तथा अभिभावकहरूका लागि जानकरीमूलक अन्तरक्रिया कार्यक्रम गरेको छ।

क्यानडा जानु पूर्व नेपालमा गर्नुपर्ने तयारी, विषयगत विश्वविद्यालय तथा कलेजको छनौट, आवेदन प्रक्रिया, लागत र समयसँगै क्यानाडाको भूगोल, हावापानी, रहनसहन साथै क्यानडा  गएपछि सामना गर्नुपर्ने विभिन्न चुनौती तथा अवसरहरू, कलेज तथा विश्विद्यालयको पढाईको अवस्था, जागिरको अवसर र प्रकार लगायतका विषयमा जानकारी तथा छलफल गरिएको थियो।

सो अवसरमा बोल्दै प्रमुख परामर्शदाता धिरज कँडेलले क्यानडामा अध्ययन गर्न जाने विद्यार्थीहरूले जानु पूर्व नेपालमा गर्नुपर्ने तयारी तथा क्यानडा गएपछि प्राप्त हुने विभिन्न अवसरहरू र सामना गर्नुपर्ने चुनौतीको बारेमा जानकारी गराएका थिए।

विद्यार्थीहरूले क्यानडा गएपछि सुरुवाती दिनहरूमा कामभन्दा पनि अध्ययनलाई बढी प्राथमिकतामा राख्न सुझाव दिँदै पढाइपछि  विद्यार्थीहरूले भविष्यमा आफ्नो करियरमा धेरै अवसरहरू प्राप्त गर्ने हुँदा आर्थिक उपार्जन पनि स्वतः राम्रो हुने बताएका थिए।

सो अवसरमा अर्का परामर्शदाता सतिश भट्टले हरेक आवेदकको पढाई, आर्थिक अवस्था, अनुभव फरक–फरक हुने भएकाले सबै डिपिन्डेटमा जाने विद्यार्थी र उनको जीवनसाथीले भिन्दाभिन्दै आवेदन दिनु प्रभावकारी हुने बताए।

परामर्शदाता तथा विद्यार्थी संयोजक प्रकाश रेग्मीले विद्यार्थीहरूलाई ढुक्क भएर पीटीई तयारी गरेर राम्रो अंक प्राप्त गरेपछि आवदेन दिन सुझाव दिए। क्यानाडाको अध्ययन भिषामा जान विजनेस, कम्प्युटर प्रोग्रामिङ, हस्पिटालिटी, नर्सिङ, फोटोग्राफ्री, बेकरी तथा पेष्ट्री, प्लम्बिङ्ग, कारपेन्ट्री, कृषि तथा सिभिल इन्जिनियरिङ्ग लगायतका विभिन्न शैक्षिक कार्यक्रमहरूमा विद्यार्थीहरूले आवेदन  दिन सक्नेछन्।

प्रकाशित मिति : २१ पुस २०७९, बिहीबार  १२ : १५ बजे

पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

चितवन– रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा

भोटेकोशी बाढी : तीन हजारको उद्धार, १५ सय बढी बेपत्ता

नुवाकोट– भोटेकोशी नदीमा आएको बाढीमा अलपत्र अवस्थामा रहेका तीन हजारभन्दा

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

भोजपुर– भोजपुरमा यस वर्ष रुद्राक्षको कारोबार सुरु भएको छ ।

एसिसी प्रिमियर कप: नेपालले टस जितेर बहराइनलाई दियो ब्याटिङको निम्तो

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणमा