पोखरामा ८ माघदेखि अन्तर्राष्ट्रिय भलिवल प्रतियोगिता « Khabarhub

पोखरामा ८ माघदेखि अन्तर्राष्ट्रिय भलिवल प्रतियोगिता


२१ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

पोखरा- पोखरामा माघ ८ गतेदेखि तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लव महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। टाइगर ग्रुप अफ पोखराले प्रतियोगिताको तयारी सुरु भइसकेको जनाएको छ।

माघ १४ गतेसम्म चल्ने उक्त प्रतियोगितामा २ विदेशी टिमसहित १० टिमको सहभागिता रहने आयोजकले जनाएको छ। अध्यक्ष नारायण प्रसाद शर्माका अनुसार प्रतियोगितामा महिला र पुरुषतर्फ ५–५ टिमले प्रतिस्पर्धा गर्नेछन्।

पुरुषतर्फ साविक विजेता त्रिभुवन आर्मी क्लबसहित नेपाल पुलिस क्लब, शसस्त्र प्रहरी वलको (एपिएफ) क्लव, गण्डकी प्रदेश र एसटी जोशेफ वाज स्पोर्टस् क्लब श्रीलंका सहभागी हुने छन्।

महिलातर्फ विदेशी टिम केरला स्टेट इलेक्ट्रोनिक बोर्ड भारतसहित त्रिभुवन आर्मी क्लव, नेपाल पुलिस क्लव, शसस्त्र प्रहरी वलक (एपिएफ) क्लव र न्यू डायमण्ड स्पोर्टस क्लब सहभागी हुनेछन्।

प्रतियोगितामा दुवैतर्फ विजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछ। अघिललो वर्ष विजेताले २ लाख ५० हजार मात्रै पुरस्कार पाएका थिए। दोश्रो हुनेले २ लाख ५० हजार पाउँदा तेश्रो हुने टिमले १ लाख २५ हजार र सान्त्वना हुने टिमले ६५ हजारसहित ट्रफी र प्रमाणपत्र पाउनेछ।

महिला तथा पुरुषतर्फ दुवैतर्फ उत्कृष्ट १–१ खेलाडीले जनही २५–२५ हजार पाउने अध्यक्ष शर्माले जानकारी दिए। उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई १०–१० हजार र ट्रफीसहित प्रदान गरिनेछ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहीबार  १२ : २७ बजे

रूपन्देहीमा एक वर्षमा ७७७ उद्योग तथा व्यावसायिक फर्म बन्द

रूपन्देही- रूपन्देहीमा साना तथा घरेलु उद्योग र व्यावसायिक फर्म बन्द हुने

भोटेकोशी बाढीमा बेपत्ता काभ्रेका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढ्यो

काभ्रेपलाञ्चोक- रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका

दक्षिणकाली मन्दिरमा भक्तजन (तस्बिरहरू) 

काठमाडौँ- काठमाडौँको दक्षिणकाली नगरपालिका–६ मा अवस्थित प्रसिद्ध दक्षिणकाली मन्दिरमा शुक्रबार

विद्यालयमा डीआई होइन काउन्सिलर राखाैँ

शिक्षा भनेको एक गतिशील प्रक्रिया हो। आजको आवश्यकता र भोलिको

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा