कर्णाली प्रदेश प्रमुखद्वारा सरकार गठनको आह्वान « Khabarhub

कर्णाली प्रदेश प्रमुखद्वारा सरकार गठनको आह्वान


२१ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेश प्रमुख तिलक परियारले सरकार गठनका लागि आह्वान गरेका छन्।  प्रमुख परियारले मुख्यमन्त्री पदमा दाबी गर्न ७ दिनको समय दिएका छन्।

प्रदेश प्रमुख तिलक परियारले पुस २७ बुधबार बेलुका ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेका हुन्। नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठन गर्नका लागि बिहीबार आह्वान भएको हो।

कुनै पनि दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने व्यक्तिको नेतृत्वमा सरकार गठन व्यवस्था रहेको छ। कर्णालीमा प्रदेश सभा सदस्यको संख्या ४० रहेको छ। माओवादी र एमाले मिलेर सरकार गठन गर्ने तयारी रहेको छ। यद्यपि, केन्द्रमा भएको सहमति बाहिर आइसकेको छैन।

प्रकाशित मिति : २१ पुस २०७९, बिहीबार  १२ : ३७ बजे

०८३ को सुरुवात : दयनीय बक्स अफिस कलेक्सन

काठमाडौँ- ०८३ सालको सुरुवाती दुई महिना नबित्दै ११ वटा फिल्म

हुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ सिसेनी क्षेत्रमा मङ्गलबार

अर्थ र सार्वजनिक लेखा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको विभिन्न दुईवटा समितिको बैठक

विश्वकप: अमेरिकाले इरानी समर्थकको टिकट रद्द गरेको इरानको दाबी

तेहरान – इरानी फुटबल महासङ्घले सन् २०२६ को विश्वकप सह–आयोजक

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नमा अर्थमन्त्रीले जवाफ दिने कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक