मैदानमा स्तब्ध पार्दै मुटु रोगको समस्यामा खेलाडी | Khabarhub Khabarhub

मैदानमा स्तब्ध पार्दै मुटु रोगको समस्यामा खेलाडी


२१ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : प्रतिस्पर्धात्मक खेल चलिरहेकै समयमा मुटुको समस्या भोग्ने अमेरिकी फुटबलर डामर हेमलिन पछिल्ला खेलाडी हुन् । एक महत्त्वपूर्ण खेलको दौरान विपक्षीसँग ठोक्किन पुगे पछि उनी ढलेका थिए । स्वास्थ्यकर्मीले उनलाई ‘कार्डिक एरेस्ट’ को पुष्टि गरेका छन् ।

यसको मतलब उनको मुटुको काम रोकिएको थियो । रगतको नसामा पम्प गर्न मुटु असमर्थ भएको थियो । उनको जीवन बचाउनका लागि मैदानमै आपत्कालीन उपाय अपनाउन जरुरी थियो ।

उनको स्वास्थ्य अवस्था नाजुक छ । चिकित्सकले उनको अवस्थाका बारे जानकारी दिई सकेका छैनन् । उनी मृत्युको मुखबाट बाहिर निस्के पनि सामान्य जीवनमा फर्कन कठिन मानिएको छ । यसको कारण के हुन सक्छ भन्ने पनि बहस हुन सक्छ ।

उनको अवस्था र कारणका बारे सायद चिकित्सकले केही कुरा पक्कै सार्वजनिक गर्ने छन् । यसको एउटा सम्भावना “ब्लँट ट्रमा” हो । यस्तो केस दुर्लभ तथा यदाकदा हुन्छ । एकै पटक छातीमा प्रहार हुने र जीवन नै जोखिममा पर्ने सम्भावना यस्तो एरेस्टमा हुन्छ । यसले मुटुको मांसपेशीका रक्त सञ्चारलाई पूर्ण रूपमा रोक लगाउँछ ।

अर्को सम्भावना भनेको मुटुको संरचनात्मक अवस्था बिग्रिए पछि यसले ल्याउने समस्या हो । अहिले सम्म उनको मुटुको संरचनामा कुनै त्यस्तो क्षति भएको यकिन भएको छैन । मुटुमा यस्तो समस्या आउने अर्को कारण पनि छ । “हाइपरट्रोफिक कार्डियो थोप्याथी” अर्को अवस्था हो । यो वंशाणुगत रोग हो । वंशाणुगत कारणले हुने यस रोग भएमा बाहिर हेर्दा मानिस स्वास्थ्य देखिन्छ । तर, भित्र केही गम्भीर समस्याहरू रहेका हुन्छन् ।

मुटु रोगको अर्को अवस्था “हाइपर ट्रोफायड” हो । यो मांसपेशीको आकार ठुलो हुने समस्या हो । यसले नियमित रक्त सञ्चारमा समस्या उत्पन्न गराउन सक्छ । यसले मानिसको जीवनलाई जोखिम निम्त्याउन सक्छ ।

अहिले भ्याक्सिन विरोधी अभियान चलाउनेहरूले भ्याक्सिन नै यस बढ्दो दुर्घटनाको कारण भएको भन्दै आवाज उठाउन थालेका छन् । तथापि कोभिड भ्याक्सिनले यस्तो खराब अवस्था ल्याएको प्रमाणित भएको छैन । सन् २०२१ मा एन्टी कोभिड भ्याक्सिन विरुद्धको एउटा भिडियो भाइरल भएको थियो । त्यस भिडियोमा भ्याक्सिनका कारण मुटुको समस्या बढ्ने चेतावनी दिइएको थियो ।

आफ्नो त्यस दाबीलाई पुष्टि गर्न तथा उपख्यानात्मक व्याख्या गर्न उनीहरूले मुटुको समस्याले मर्नेहरूको तथ्याङ्कलाई सङ्ग्रह गरेका थिए तर, कोभिड महामारी आउनु अगाडी नै यस्तो सङ्ख्या अत्यन्त धेरै हुनु नै तिनीहरूको आरोप र अनुमान मिथ्या रहेको प्रमाणित गर्छ । सन् २०१६ मा नै अमेरिकाको प्रतिस्पर्धात्मक खेलकुदमा वर्षमा १ सय देखि १ सय ५० जनाको हाराहारीमा ज्यान गएको थियो ।

अहिले कोभिडको भ्याक्सिन धेरैले लगाए पनि मुटुको समस्याको अनुपातमा धेरे फरक नपरेको कारण पनि उनीहरूको यो अनुमानमा कुनै सत्यता नभएको प्रस्ट भएको छ ।

पछिल्लो समय फुटबल मैदानमा यसरी घाइते हुने खेलाडीमा हेमलिन मात्र भने होइनन् । गत वर्ष युरो २०२० को खेलको दौरान डेनमार्कका फुटबल खेलाडी एरिक क्रिस्चियन मैदानमा नै लडे पछि उनी मृत्युको मुखमा पुगेर बाँचेका थिए । उनको मुटुले फेरी काम गर्नका लागि चिकित्सकले डेफ्रिबीलेटर प्रयोग गरेका थिए । मुटुले फेरी राम्रोसँग काम गर्नका लागि आइसीडी नामको एउटा डिभाइस जडान गरिएको छ ।

एरिक्सनले आफ्नो पारिवारिक पृष्ठभूमि यस किसिमको नभएको तथा अन्य फुटबलरले जस्तो नियमित स्वास्थ्य परीक्षण गराएको बताइ सकेका छन् ।
सन् २०१२ फुटबलर फेब्राइस मुअम्बा पनि मैदानमै ढलेका थिए । उनको मुटुले काम गर्नका लागि पनि १५ डेफ्रिबिलेटर प्रयोग गरिएको थियो । मुटुको समस्या तथा ह्दयघात हुँदा एकदम छिटो उपचार भएमा मानिसलाई बचाउन सकिन्छ । तर, हरेक समयमा यो सम्भव हुँदैन ।

युवा अवस्थामा हुने हृदयघातमा उत्पन्न हुने अर्को सडन डेथ सिन्ड्रम एसडीएस अर्को अवस्था हो । तर यो दुर्लभ मानिन्छ । अथवा यदाकदा कनै मानिस या व्यक्तिमा मात्र यो हुन सम्भव छ ।

लन्डनमा यसबाट सचेत गराउन एक कार्यक्रमको आयोजना गरिएको थियो । त्यसै कार्यक्रममा दिइएको जानकारी अनुसार बेलायतमा प्रत्येक साता ३५ वर्ष मुनीका १२ जनाको हृदय घातका कारण ज्यान जाने गरेको छ ।

२० मध्येका १ सडन कार्डिक डेथ तथा ५ मध्येका १ युवाहरूको कोर्डिक डेथको कारण नै पत्ता लाग्ने गरेको छैन । मुटुको संरचनात्मक गडबडीको बारे अध्ययन गरी रहेका विज्ञहरू समे सबै ह्दयघात र यसबाट हुने मृत्युको बारे जानकारी गराउन असमर्थ भएका छन् ।

धेरै मुटु रोगको पहिचान गर्ने भनेको इसीजीबाट नै हो । मुटुको चाल असामान्य भएमा यसले मानिसलाई पहिले नै सचेत गराउने तथा उपचारको पहल गर्ने अवसर दिन्छ ।

यसको उपचारमा लागि सिपिआरलाई प्रमुख मानिन्छ । अचानक मानिसको मुटुमा समस्या आएर आम गर्न छाडेर सीपीआर उपयुक्त हुन्छ । मुटुको धड्कनमा गडबडी देखिएमा उसका होस भए पनि या नभए पनि सीपीआर प्रमुख मानिन्छ । कसैको होस छैन तर मुटुले काम गरी रहेको छ भने तुरुन्त चिकित्सककहाँ लैजानु उपयुक्त मानिन्छ ।

हेमलिन उपचार गराइ रहे पनि उनको परिवारले शुभेच्छुकले देखाएको सद्भावका लागि धन्यवाद दिई सकेको छ । उनी ढले पछि करिब ३० मिनेट उनका साथीले मैदानमा उठाउन प्रयास गरेका थिए । ती प्रयास असफल भए पछि उनलाई अस्पताल लगिएको हो । हेमलिनको परिवारले त उनी पूर्ण रूपमा जोखिममुक्त भएको जनाइ सकेको छ ।

हेमलीनको चोट पछि उनको खेल जीवनको बारे चर्चा हुन थालेका छन् । इरिक्सन सक्रिय व्यावसायिक जीवनमा फर्की सकेका कारण हेमलिन पनि सोही प्रकृतिको मिल्दोजुल्दो समस्या भएकाले चाँडो खेलमा फर्कने आशा उनका समर्थकहरूमा छ ।

इरिक्सन सो दुर्घटनाको २ सय ५९ दिन पछि खेलमा फर्किएका थिए । घटना भएको समयमा इन्टरमिलानमा आबद्ध रहेका इरिक्सनले इटालीमा नै खेलाडी जीवनलाई निरन्तरता दिन सकेनन् । त्यस पछि इग्लीस प्रीमीयर सिप क्लब ब्रेन्टफोर्डमा आबद्ध उनी फेब्रुअरीमा भएको न्यु क्याशल विरुद्धको खेलमा पहिलो पटक मैदान प्रवेश गरेका थिए । इरिक्सन दोस्रो हाफमा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेको सो खेलमा उनको टोली २–० ले पराजित भएको थियो ।

पुरानो स्वर्णिम जीवनमा फर्कन पाएकोमा आफूलाई आनन्द लागेको इरिक्सनले बताइसकेका छन् । त्यस क्लबमा छोटो र सफल जीवन बिताएका इरिक्सन यस सिजनमा म्यानचेस्टरमा आबद्ध भई सकेका छन् । यस सिजनमा १५ खेलमा आबद्धता जनाएका उनले यस क्रममा एक गोल गरेका हुन् ।

गत नोभेम्बरमा उनले ३० वर्षको उमेरमा तेस्रो पटक विश्वकप खेल्ने सपना पुरा गरेका थिए । कतारमा भएको विश्वकपमा उनले पहिलो चरणका तीन खेलमा सहभागिता जनाएका थिए ।

संसारमा नै अहिले मुटु रोग गम्भीर समस्या हो । यस्ता समस्या प्रत्येक दिन बढी नै रहेका छन् । हेमलिन अहिले त्यसको सिकार भएका छन् । उनका समर्थकको तर्फबाट शीघ्र स्वास्थ्य लाभको कामना उनी पनि चाँडो खेलमा फर्कने अपेक्षा गर्न सकिन्छ ।

(स्रोत : बीबीसी, सीएनएन)

 

प्रकाशित मिति : २१ पुस २०७९, बिहीबार  १२ : ५३ बजे

चीनमा ठूलो बाढी, एक लाख मानिसलाई स्थानान्तरण

बेइजिङ– दक्षिण चीनमा भारी वर्षा र बाढीका कारण एक लाखभन्दा

जङ्गलको डढेलो बस्तीमा पस्दा पाँच घर नष्ट

सोलुखुम्बु– सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ देउपुजेको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा

स्वास्थ्य क्षेत्रका चुनौती सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू

झापाको झिलझिलेमा सवारी दुर्घटना, तीनजनाको मृत्यु

झापा– झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा तीन

अपहरणमा परेका एकजनाको सकुशल उद्धार, पाँच अपहरणकारी पक्राउ

जनकपुरधाम– धनुषाको ढल्केबरबाट अपहरणमा परेका एकजनाको प्रहरीले सकुशल उद्धार गरेको