वीरगञ्जमा पुन : ‘हेल्थ डेस्क’ सञ्चालन « Khabarhub

वीरगञ्जमा पुन : ‘हेल्थ डेस्क’ सञ्चालन


२१ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

पर्सा– भारतमा कोरोनाको सङ्क्रमित बिरामीको सङ्ख्या बढेसँगै देशको मुख्य नाका वीरगञ्जमा स्वास्थ्य सजगता बढाइएको छ । ओमिक्रोन बी एफ ७ भेरियन्टबाट सङ्क्रमित बिरामीलाई नेपाल प्रवेश गर्नबाट रोक्न  नाकामा स्वास्थ्य जाँचलाई तीव्र पारिएको हो ।

वीरगन्ज-रक्सौल नाका भई नेपाल प्रवेश गर्ने भारतीय तथा तेस्रो मुलुकबाट आएकालाई वीरगञ्जको शङ्कराचार्यद्वारस्थित ‘हेल्थ डेस्क’मा स्वास्थ्यपरीक्षणसँगै एन्टिजेन किटबाट सङ्क्रमित भए नभएको परीक्षण गरिएको हेल्थ डेस्क प्रमुख डा अनिसा महतोले जानकारी दिए।

 उनले यही पुस महिनाको १ गते देखि १९ गते सम्म सात हजार पाँच सय जनाको स्वास्थ्यपरीक्षण र एक हजार दुई सय ७२ जनाको एन्टिजेन टेष्ट गर्दा हालसम्म कोही सङ्क्रमित नभेटिएको बताउनुभयो । पहिले बिहान र बेलुका मात्र एन्टिजेन टेष्ट हुँदै आएकोमा पछिल्लाे समय भारतमा सङ्क्रमितको सङ्ख्या बढेपछि आवश्यकता आधारमा टेष्टलाई बढाएको उनको भनाइ छ । 

नारायणी अस्पतालले केही पूर्व तयारी गरेको अस्पतालका सूचना अधिकारी डा उदयनारायण सिंहले जानकारी दिए । उनले सङ्क्रमतिलाई राख्न अस्पतालमा रहेको १८ शय्याको एचडियु, ८ शय्याको सघन उपचार केन्द्र, उपचारका लागि आवश्यक जनशिक्त र अक्सिजनको प्रबन्ध मिलाइएको बताए । 

ओमिक्रोन बी एफ ७ हालसम्मकै सबै भन्दा बढी सङ्क्रामक रहेकाले यसबाट जोगिन सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्डलाई पालना गर्न सर्वसाधारणलाई चिकित्सकले सुझाव दिएका छन् । 

प्रकाशित मिति : २१ पुस २०७९, बिहीबार  १२ : ४७ बजे

पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

चितवन– रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा

भोटेकोशी बाढी : तीन हजारको उद्धार, १५ सय बढी बेपत्ता

नुवाकोट– भोटेकोशी नदीमा आएको बाढीमा अलपत्र अवस्थामा रहेका तीन हजारभन्दा

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

भोजपुर– भोजपुरमा यस वर्ष रुद्राक्षको कारोबार सुरु भएको छ ।

एसिसी प्रिमियर कप: नेपालले टस जितेर बहराइनलाई दियो ब्याटिङको निम्तो

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणमा