महाकाली अस्पतालमा स्वास्थ्यकर्मीको अभाव « Khabarhub

महाकाली अस्पतालमा स्वास्थ्यकर्मीको अभाव


२१ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी- महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मीको अभाव भएको छ ।  विसं २०२० मा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्थापना भएको सो स्वास्थ्य संस्था २०३१ मा २५ शय्याको जिल्ला अस्पतालमा परिणत भएको थियो ।

जिल्ला अस्पतालमा रूपान्तरण भए पनि जनशक्ति अभावका कारण १५ शय्यामा मात्रै सञ्चालन भयो । तत्कालीन समयमा डा गणेशदत्त भट्ट एक जना चिकित्सकले मात्रै जिल्ला अस्पतालबाट सेवा प्रवाह गरेका थिए । जिल्ला अस्पताललाई स्तरोन्नति गर्दै विसं २०४३ मा ५० शैयाको अञ्चल अस्पतालको रुपमा परिणत भयो । स्थापनाकालदेखि नै जनशक्ति अभाव झेल्दै आएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले जानकारी दिए। 

विसं २०४५ मा अस्पताल समिति विकास गठन भयो । २०६१ मा निजी स्रोतबाट सञ्चालन हुने गरी ५० शय्या थप गरी १०० शय्याको सञ्चालन गर्न स्वीकृति प्राप्त भयो । अस्पतालका लागि भौतिक पूर्वाधार निर्माण भए । तर अस्पतालले आवश्यक जनशक्तिको अभाव झेलिरह्योप्राथमिक स्वास्थ्य केन्द्रबाट जिल्ला अस्पताल, अञ्चल अस्पताल हुँदै उप-प्रादेशिक अस्पतालसम्म स्तरोन्नति भयो  । अस्पतालले स्थापनाकालदेखि नै दरबन्दी अनुसारका विशेषज्ञ चिकित्सक कहिले नपाएको उनले बताए।

अठ्ठाइस विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा विशेषज्ञ चिकित्सक १५ जना मात्रै रहेका छन । विशेषज्ञ बाहेक जनरल फिजिसियन कार्यरत छन रहेपनि जनशक्ति अझै अपुग नै छ । हाल गाइनो विशेषज्ञ दुई जना एमडिजीपी, हाडजोर्नी रोग विशेषज्ञ, प्याथालोजिष्टएनएसथेसियालगायतका विशेषज्ञ मात्रै रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भट्टले जानकारी दिए। 

विशेषज्ञ बाहेकका अन्य मेडिकल अधिकृत, नर्सिङ, ल्याबका स्वास्थ्यकमीसमेत अभाव रहेको उनले बताए । ‘पर्याप्त जनशक्ति अभावकै कारण हामीले कोभिडका बेला निर्माण गरेका वार्ड सञ्चालनमा ल्याउन सकेका छैनौँ ।’ उनले भने ‘अस्पतालको सेवा विस्तार हुँदै  गए पनि स्थापनाकालदेखी कहिल्यै दरबन्दी अनुसारका चिकित्सक भएनन् ।’ यसका कारण यहाँको स्वास्थ्यसेवा प्रवाहमा समस्या हुने गरेको उनले बताए ।

महाकाली अस्पताललाई सुविधामा राखिएकाले यहाँ विशेषज्ञ चिकित्सक आउन नमान्ने गरेको अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष अशोक पाण्डेय बताए। ‘हामीले अस्पतालमा विशेषज्ञ चिकित्सक ल्याउन धेरै प्रयास गर्‍यौँ, चिकित्सक आउन मानेनन् ।’ उनले भने- ‘यहाँ आम्दानी कम छ निजी मेडिकल छैनन्, अस्पतालबाट अतिरिक्त सुविधा उपलब्ध गराउन सकिएको छैन ।” विगतका वर्षमा चिकित्सकमाथि हुने धरपकडले पनि महेन्द्रनगरमा चिकित्सक आउन नचाहने उनले बताए । 

स्वास्थ्य जस्तो संवेदनशील ठाउँमासमेत राजनीतिक हस्तक्षेप हुन थालेपछि अस्पतालको सेवा प्रवाहमा समस्या हुने गरेको यहाँका स्थानीयवासी मदन चन्द बताउँछन् । ‘राज्यले पनि स्पष्ट कानुन बनाउन नसक्दा कर्मचारी भनेको ठाउँमा जादैनन् ।’ उनले भने –’यहाँका स्थानीय र यहाँबाट निर्वाचित भएर गएकालेसमेत यसप्रति चासो नदिएका कारण दरबन्दी अनुसारका चिकित्सक अभाव भयो ।’

प्रकाशित मिति : २१ पुस २०७९, बिहीबार  १ : ४३ बजे

पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

चितवन– रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा

भोटेकोशी बाढी : तीन हजारको उद्धार, १५ सय बढी बेपत्ता

नुवाकोट– भोटेकोशी नदीमा आएको बाढीमा अलपत्र अवस्थामा रहेका तीन हजारभन्दा

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

भोजपुर– भोजपुरमा यस वर्ष रुद्राक्षको कारोबार सुरु भएको छ ।

एसिसी प्रिमियर कप: नेपालले टस जितेर बहराइनलाई दियो ब्याटिङको निम्तो

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणमा