कुटानी पिसानीका लागि अझै लोकप्रिय छ पानीघट्ट « Khabarhub

कुटानी पिसानीका लागि अझै लोकप्रिय छ पानीघट्ट


२१ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

बेनी-  म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४, नारच्याङको बेंसी गाउँकी चित्रमायाँ पुर्जालाई बिहानदेखि बेलुकीसम्म पानीघट्टमा भ्याईनभ्याई हुन्छ । गाउँको शिरबाट बग्ने नारच्याङ झरनाको पानी उपयोग गरी पुर्जाको परिवारले पानी घट्ट सञ्चालनमा ल्याएका हुन् । 

कुटानी पिसानीका लागि गाउँमा विद्युत्बाट सञ्चालन हुने मिल पनि छन् तर पानी घट्टमा पिसेको पिठो स्वादिलो हुने भएकाले स्थानीयबासी घट्टमै पिठो पिस्न  लैजाने गर्छन् । स्थानीयस्तरमा उत्पादन हुने कोदो, मकै, गहुँ, फापरलगायत अन्न पिस्न स्थानीयवासीले पानीघट्ट नै प्रयोग गर्दै आएका हुन् ।

नारच्याङमा चित्रमायाँकेशनारायण बुद्धजाका परिवारले दुई वटा पानी घट्ट सञ्चालन गरेका छन् । दुबै परिवारको प्रमुख आयस्रोत पानी घट्टबाट हुने आम्दानी नै हो । ‘गाउँमा जग्गाजमिन धेरै हुनेले खेती गर्छन्, हामीले बिहानदेखि बेलुकासम्म घट्ट चलाउँछौँ, प्रतिपाथि पिसेको अन्नको ज्यालावापत एक माना अन्न राख्छौँ, यसैबाट हाम्रो परिवार धानेका छौँ’-चित्रमायाँले भनिन् । 

परम्परागत रुपमा अन्न पिसानीका लागि  घट्ट, जाँतो,  ओखल तथा ढिकी प्रयोग हुने गथ्र्योपुर्खाहरुले प्रयोग गरेको पानी घट्टले पिसेको पिठो नै स्वादिलो हुने र पौष्टिक तत्व खेर नजाने भएकाले आफूहरूले पनि यसलाई निरन्तरता दिएको अर्का पानीघट्ट सञ्चालक बुद्धुजाले बताए । पानीबाट चल्ने घट्ट बिजुलीको सुविधा पुगेका ठाउँहरूमा विस्थापित हुने क्रम बढ्दो छ । पिस्न छिटो हुने भएकाले विजुलीबाट चल्ने मिलको प्रयोग बढिरहेको अवस्थामा जलविद्युत् गाउँको रुपमा परिचित नारच्याङमा भने अझै पनि पानीघट्टप्रतिको आकर्षण घटेको छैन् । 

उक्त गाउँमा पाँच मेगावाटको घलेम्दीखोला र ४२ मेगावाटको मिस्ट्रीखोला जलविद्युत् आयोजना निर्माण भैसकेका छन् । विद्युत् उत्पादनका लागि आधा दर्जन बढी आयोजनाहरु निर्माणाधीन अवस्थामा  रहेको यस वडामा अन्न पिसानीमा भने पानीघट्टकै प्रयोग बढ्दो छ । यहाँ सञ्चालनमा रहेका पानी घट्ट स्थानीयवासीको अन्न पिसानीको माध्ययमसँगै परम्परागत जीवनशैलीबारे अध्ययन र अवलोकन गर्ने थलोको रुपमा समेत विकास हुन थालेका छन् ।

शहरी क्षेत्रमा हराएका पानी घट्ट नारच्याङमा भने सञ्चालनमा रहेको देख्न पाउँदा पुरानो जीवनशैलीको झझल्को आएको पानीघट्ट  अवलोकन गरेकी बेनीकी रीम थापाले बताइन् । वेंशी गाउँदेखि नारच्याङ झरनाको भ्यू-पइन्टमा उक्लने बाटैमा रहेको सो पानीघट्ट र झरनाको अवलोकनका लागि जाने पर्यटकका लागि आकर्षणको विषय बनेको त्यहाँका वडाध्यक्ष लोकबहादुर फगामीले बताए । अन्नपूर्ण प्रथम आधार शिविरमा अवस्थित यस वडामा पछिल्लो समय मनमोहक नारच्याङ झरनाको अवलोकनका लागि आउने आन्तरिक पर्यटकहरुको सङ्ख्या बढ्दो रहेको र अधिकांशले पानीघट्ट पनि रुचिका साथ अवलोकन गर्ने गरेको उनले जानकारी दिए । 

‘हाम्रो परिवारको आयआर्जनको स्रोतको रुपमा घट्ट चलाएका हौँ, अहिले धेरैजना अवलोकनका लागि पनि आउँछन्, घट्टको बारेमा जिज्ञासा राख्छन्, र फोटो तथा भिडियो खिचेर लैजाने गर्छन्’–घट्ट सञ्चालिका पुर्जाले भने। नारच्याङको घरापमा समेत पानी घट्ट सञ्चालमा थियो । केही वर्षअघि कालीगण्डकीमा आएको बाढीले यहाँको घट्ट बगाएको हो । करिब दुई दशक अघिसम्म नारच्याङको लेकगाउँमा पाँच वटा, बेंशीमा चार वटा र घरापमा तीन वटा पानी घट्ट सञ्चालनमा थिए । बिजुलीको सुविधासँंगै पानीघट्ट विस्थापित भएको अवस्थामा पुनः दुई वटा नयाँ पानीघट्ट सञ्चालनमा आएपछि राहत भएको स्थानीयवासीको भनाइ थियो । 

नारच्याङसँगै अन्नपूर्ण गाउँपालिका–३ दानामा समेत स्थानीयबासीले पानी घट्टलाई निरन्तरता दिएका छन् । दानाको घट्टेडाँडामा मात्रै आठ वटा पानीघट्ट सञ्चालनमा छन् । मिलमा छिटो हुने भए पनि स्वाद हराउने भएकाले स्थानीयवासीले अन्न पिस्न पानी घट्टकै प्रयोग गर्ने गरेको पूर्ववडाध्यक्ष समेत रहेका पानी घट्ट सञ्चालक नरसिंह पुर्जाले बताए । यहाँका पानीघट्टमा परम्परागत प्रविधि नै प्रयोग गरिएको छ । दानाका यी घट्टमध्ये तीन वटा स्थानीय ज्ञान प्रकाश माविको आयस्रोतमा टेवा  पुर्‍याउने उद्देश्यले स्थापना गरिएका थिए । पछि घट्ट जीर्ण भएको र मर्मतमा बढी खर्च लाग्ने भएकाले विद्यालयलाई आयआर्जन हुन छाडेको विद्यालयका पूर्वप्रधानाध्यापकसमेत रहेका पुर्जाको भनाइ थियो । 

सोही गाउँपालिका–२स्थित भुरुङ तातोपानीमा समेत पानीघट्ट सञ्चालन भइरहेको छ । परम्परागतरुपमा पानीघट्ट सञ्चालन भएका ठाउँलाई ‘घट्टेखोला’ र ‘घट्टेकुलो’ नामाकरण गर्ने प्रचलन थियो । जिल्लाका करिब एक सय ५० स्थान यस्तै  नामले चिनिन्छ । 

–कमल खत्री रासस

प्रकाशित मिति : २१ पुस २०७९, बिहीबार  ३ : २७ बजे

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित