अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला हुँदै « Khabarhub

अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला हुँदै


२१ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल घरेलु तथा साना उद्योग महासंघले फागुन पहिलो सातामा अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र प्राङ्गारिक कृषि मेला आयोजना गर्ने भएको छ । स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले महासंघले महोत्सव र मेला आयोजना गर्न लागेको हो । 

हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनी कोरोना महामारीको कारण तीन वर्षदेखि स्थगित थियो । यस पटक भने २ देखि ६ फागुनसम्म राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा मेला महोत्सव आयोजना हुन लागेको हो ।

महोत्सवका बारेमा जानकारी दिन महासंघले बिहीबार पत्रकार सम्मेलन आयोजना गरेको थियो । सो क्रममा महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले मुलुकभर रहेका ६ लाखभन्दा बढी लघु, घरेलु तथा साना उद्योगहरू र कृषि व्यवसायमा संलग्न उद्यमीलाई प्रदर्शनीले प्रतिबिम्बित गर्ने बताए । 

प्रदर्शनीमा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमी, उपयुक्त प्रविधि प्रयोगकर्ता र भारत, पाकिस्तान, बंगलादेशलगायत सार्क मुलुक तथा चीनको सहभागिता रहने महासंघले जनाएको छ । प्रदर्शनीमा दुई सयवटा स्टल हुने र दुई लाखभन्दा बढीले अवलोकन गर्ने महासंघको अनुमान छ । 

प्रकाशित मिति : २१ पुस २०७९, बिहीबार  ५ : ०१ बजे

स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने

वालिङ– स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित