अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला हुँदै « Khabarhub

अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला हुँदै


२१ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल घरेलु तथा साना उद्योग महासंघले फागुन पहिलो सातामा अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र प्राङ्गारिक कृषि मेला आयोजना गर्ने भएको छ । स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले महासंघले महोत्सव र मेला आयोजना गर्न लागेको हो । 

हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनी कोरोना महामारीको कारण तीन वर्षदेखि स्थगित थियो । यस पटक भने २ देखि ६ फागुनसम्म राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा मेला महोत्सव आयोजना हुन लागेको हो ।

महोत्सवका बारेमा जानकारी दिन महासंघले बिहीबार पत्रकार सम्मेलन आयोजना गरेको थियो । सो क्रममा महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले मुलुकभर रहेका ६ लाखभन्दा बढी लघु, घरेलु तथा साना उद्योगहरू र कृषि व्यवसायमा संलग्न उद्यमीलाई प्रदर्शनीले प्रतिबिम्बित गर्ने बताए । 

प्रदर्शनीमा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमी, उपयुक्त प्रविधि प्रयोगकर्ता र भारत, पाकिस्तान, बंगलादेशलगायत सार्क मुलुक तथा चीनको सहभागिता रहने महासंघले जनाएको छ । प्रदर्शनीमा दुई सयवटा स्टल हुने र दुई लाखभन्दा बढीले अवलोकन गर्ने महासंघको अनुमान छ । 

प्रकाशित मिति : २१ पुस २०७९, बिहीबार  ५ : ०१ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५