‘प्रेस स्वतन्त्रता र पत्रकारको हितप्रति सरकार संवेदनशील’  « Khabarhub

‘प्रेस स्वतन्त्रता र पत्रकारको हितप्रति सरकार संवेदनशील’ 


२१ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार प्रेस स्वतन्त्रता र पत्रकारको हितप्रति संवेदनशील रहेको बताएका छन् । प्रधानमन्त्रीको निवास बालुवाटारमा आज नेपाल पत्रकार महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले सरकार पत्रकार महासङ्घसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए ।

प्रधानमन्त्री दाहालले मुलुकका लागि केही नयाँ गर्ने संकल्पसहित प्रधानमन्त्रीको जिम्मेवारी लिएको उल्लेख गर्दै आफ्नो कार्यकालमा कुनै पनि नराम्रो काम हुन नदिन सचेत रहेको बताए । भेटमा महासङ्घका अध्यक्ष विपुल पोखरेल नेतृत्वको टोलीले प्रधानमन्त्री दाहालको तेस्रो कार्यकाल सुशासन, विकास र समृद्धिका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका दृष्टिले अनुकरणीय रहन सकोस् भनी कामना गरे ।

उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई केन्द्रमा राखेर नीति, कानून तथा व्यवहार गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरे । सो क्रममा महासङ्घले प्रधानमन्त्री दाहाललाई बधाई दिएको थियो । भेटमा महासङ्घका अध्यक्ष पोखरेलका साथै सल्लाहकार र केन्द्रीय समितिका पदाधिकारी र सदस्य सहभागी थिए।

प्रकाशित मिति : २१ पुस २०७९, बिहीबार  ५ : २२ बजे

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तर्राष्ट्रिय दिवस

काठमाडौं- आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको अधिकार

बढ्दो सहरीकरणबीच पर्यटकको रोजाइमा विराट पोखरी

भद्रपुर– बढ्दो सहरीकरण र व्यस्त जीवनशैलीका बीच शान्त वातावरणको खोजी

बाजुराका दुई स्थानीय तहमा आधारभूत अस्पताल

बाजुरा- बाजुराका नौ स्थानीय तहमध्ये जगन्नाथ र गौमुल गाउँपालिकाले १० शय्याका

रोकिएका विकासका काम अघि बढाउँछौँः मुख्यमन्त्री थापा मगर

हेटौँडा – बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर