अवैध अमेरिकी डलरसहित चार जना पक्राउ « Khabarhub

अवैध अमेरिकी डलरसहित चार जना पक्राउ


२१ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध अमेरिकी डलर देखाई ठगी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । बुधबार दिउँसो हेटौंडा-१७ सालक पार्कबाट सिन्धुपाल्चोक जिल्ला बाहृबिसे-३ का २१ वर्षीय सोम बहादुर बम्जन, सोही ठाउँका ३३ वर्षीय दिवस बम्जन, बाहृबिसे–४ का २८ वर्षीया कान्छा तामाङ र त्रिपुरासुन्दरी-३ का २८ वर्षीय सुक्र तामाङलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले बताए ।

उनीहरूको साथबाट १,७४१ अमेरिकी डलर बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट ६ हजार २१० नेपाली रुपैयाँ, तीन वटा मोटरसाइकल, ८ बण्डल कागजको नक्कली नोट, मोबाइल ५ थान समेत बरामद गरिएको उनले बताए ।

उनीहरूलाई मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २४९, २५२ बमोजिम ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ(एक्टर्सन) सम्बन्धी कसुर तथा संगठित अपराध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी कारबाही प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहीबार  ७ : १७ बजे

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान