अवैध अमेरिकी डलरसहित चार जना पक्राउ « Khabarhub

अवैध अमेरिकी डलरसहित चार जना पक्राउ


२१ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध अमेरिकी डलर देखाई ठगी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । बुधबार दिउँसो हेटौंडा-१७ सालक पार्कबाट सिन्धुपाल्चोक जिल्ला बाहृबिसे-३ का २१ वर्षीय सोम बहादुर बम्जन, सोही ठाउँका ३३ वर्षीय दिवस बम्जन, बाहृबिसे–४ का २८ वर्षीया कान्छा तामाङ र त्रिपुरासुन्दरी-३ का २८ वर्षीय सुक्र तामाङलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले बताए ।

उनीहरूको साथबाट १,७४१ अमेरिकी डलर बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट ६ हजार २१० नेपाली रुपैयाँ, तीन वटा मोटरसाइकल, ८ बण्डल कागजको नक्कली नोट, मोबाइल ५ थान समेत बरामद गरिएको उनले बताए ।

उनीहरूलाई मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २४९, २५२ बमोजिम ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ(एक्टर्सन) सम्बन्धी कसुर तथा संगठित अपराध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी कारबाही प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहीबार  ७ : १७ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको