अर्थतन्त्र बलियो बनाउन निर्यातलाई प्रोत्साहन गर्नुपर्छ : शेखर गोल्छा « Khabarhub

अर्थतन्त्र बलियो बनाउन निर्यातलाई प्रोत्साहन गर्नुपर्छ : शेखर गोल्छा


२१ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले मुलुकको अर्थतन्त्र बलियो बनाउन निर्यात क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् । नेपाल निर्यात परिषद्ले स्वर्ण जयन्तीका अवसरमा आज यहाँ आयोजना गरेको ‘निर्यातयोग्य वस्तुको मेला तथा प्रदर्शनी’ कार्यक्रममा उहाँले विप्रेषण, निर्यात र पर्यटन क्षेत्रबाट विदेशी मुद्रा आर्जन गर्नसके मुलुकको अर्थतन्त्र बलियो हुने बताएका हुन् ।

‘मुलुकको अर्थतन्त्र विप्रेषणमात्रै आएर चल्दैन, विप्रेषण, निर्यात र पर्यटन तीनवटै क्षेत्रबाट विदेशी मुद्रा आर्जन गर्न सकेमात्रै मुलुकको अर्थतन्त्र बलियो हुन्छ’, उनले भने । अध्यक्ष गोल्छाले सरकारले विप्रेषण भित्र्याउने, नेपाली उत्पादित वस्तु विदेशमा निर्यात गर्ने र पर्यटक धेरै भित्र्याएर विदेशी मुद्रा आर्जनका तीनवटै क्षेत्रलाई चलायमान बनाउन जरुरी रहेको बताए ।

उनले सरकारले विदेशी मुद्रा आर्जनका लागि मौलिक वस्तुको निर्यातका लागि प्रोत्साहन गर्न आवश्यक रहेको बताए। बैकिङ प्रणालीमा तरलताको अभाव र शोधनान्तर स्थिति कमजोर भएकाले मुलुकको अर्थतन्त्र गम्भीर अवस्थामा पुगेको उनको भनाइ थियो ।

विसं २०५३ मा स्थापना भएको निर्यात परिषद्ले नेपालमा उत्पादित परम्परागत हस्तकला, फेल्ट, कार्पेट, गलैँचा, हातेकागजलगायतका सामाग्री विदेशमा निर्यात गर्दै आएको छ । उक्त परिषद्मा हाल देशभरका तीन सयभन्दा बढी निर्यात व्यवसायीको सहभागिता रहेको परिषद्का अध्यक्ष रेशम पोखरेलले जानकारी दिए । प्रदर्शनीमा निर्यातजन्य नेपाली उत्पादनका विभिन्न विधालाई समावेश गरिएको छ । दुई दिनसम्म चल्ने प्रदर्शनीमा २० वटा स्टल राखिएका छन् ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहीबार  ७ : ५४ बजे

रसुवाबाट पत्रकार आचार्यको हारगुहार : ‘एकपटक जंगल र खोल्साखोल्सीमा ड्रोनबाट हेरिदिनुस्’

काठमाडौँ– रसुवामा आएको विनाशकारी बाढीपछि बेपत्ता तथा सम्पर्कविहीन आफन्तको खोजी

खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल

बझाङ– खप्तडमा स्वास्थ्योपचार पाउनु चुनौतीपूर्ण छ । समुद्री सतहबाट तीन

भोटेकोसी बाढीले सिकाएको पाठ : विकासको बाटो कि बिनासको निम्तो ?

भदौ १० गते बिहान ९ बजेको आसपास हालसम्म संसारभरि नै

ऊर्जा मन्त्रालयले खोज तथा उद्धार पुनर्निर्माण समन्वयका लागि ‘रियल टाइम अपडेट सिस्टम’ बनाउँदै

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी बाढी प्रभावित

रसुवाको कालिका–५ का वडाध्यक्षको अपील : जनता दिनदिनै मर्दै छन्, बाँचेकालाई थप मर्न नदिनुस्

रसुवा– रसुवाको कालिका गाउँपालिका–५ का वडाध्यक्षले गम्भीर हृदयाघात भएका बिरामीको