सन्दीपले गर्दा झन् आलोचित नेपाली क्रिकेट « Khabarhub

सन्दीपले गर्दा झन् आलोचित नेपाली क्रिकेट

मुद्दा नटुंगिदै निलम्बन फुकुवा गरेर राष्ट्रिय टिममा समेट्नु गलत


२२ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सन्दीप लामिछानेको सबैभन्दा ठूलो भुमिका छ । क्रिकेटका माध्यमबाट उनले नेपाल जस्तो सानो र सुन्दर देशलाई विश्वभर चिनाएका थिए । आइपीएलबाट चिनिएका सन्दीपले अष्ट्रेलिया, वेष्ट इण्डिज, दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश लगायतका धेरै देशमा क्रिकेट खेलेका छन् ।

उनले क्रिकेट खेल्दा हरेकपटक नेपालको नाम उच्चारण हुने गथ्र्यो । नेपालका सबैभन्दा सफल नभएपनि अन्तर्राष्ट्रिस्तरमा सबैभन्दा धेरै चिनिएका क्रिकेटर, सन्दीप हुन् । सानै उमेरमा लोभलाग्दो क्रेज पाएका सन्दीप लामिछाने पछिल्लो समय भने गम्भीर मुद्दा खेप्न बाध्य भए ।

उनले एक किशोरीलाई बलात्कार गरेको आरोपमा बलात्कार मुद्दा खेपिरहेका छन् । उमेर नपुगकी किशोरीलाई बलात्कार गरेको आरोपमा सन्दीप जेल चलान भएका थिए । तर पाटन उच्च अदालतको आदेशले २० लाख रुपैयाँ धरौटी बुझाएर सन्दीप लामिछाने रिहा भएका छन् ।

उनीमाथि बलात्कार जस्तो गम्भीर आरोप लागेको छ । यो मुद्दामा उनले सफाई पाएका छैनन् । आरोप प्रमाणित नभएपनि उनले जेल जीवन बिताइसकेका छन् । सन्दीप जस्तो अन्तर्राष्ट्रियस्तरको व्यक्तिले सामान्य लाग्ने तर गम्भीर मुद्दामा फस्दा उनीसँगै नेपाली क्रिकेट पनि आलोचित बन्यो ।

तर त्यो आलोचना यतिबेला यति धेरै बढेको छ कि यसले हरेकको मुखबाट नेपाली क्रिकेट टिम सञ्चालकमाथि अनेकौ प्रश्न उठेको छन् । यतिबेला सन्दीप क्रिकेट एशोसिएसन अफ नेपाल क्यानको निर्णयका कारण राष्ट्रिय टिममा समेटिएका छन् ।

त्यसअघि उनलाई क्यानले निलम्बन फुकुवा गरेको थियो । लिनम्बन फुकुवा लगत्तै उनलाई राष्ट्रिय टिममा प्रशिक्षणका लागि बोलाउनु दुःखद रहेको धेरैको विश्लेषण छ । जबकी उच्च अदालतले उनलाई काठमाडौँ उपत्यका छाड्न नपाइने आदेश गरेको छ ।

विदेश जान उनलाई प्रतिबन्ध छ । क्रिकेट खेल्ने विषयमा एक शब्दमा पनि फैसलामा लेखिएको छैन । यसबारे जिल्ला प्रशासन र न्यायका जानकारसँग कुनै परामर्श नगरी सन्दीपलाई राष्ट्रिय टिममा राखिएको भन्दै माइतीघरमा समेत प्रदर्शन भइसकेको छ ।

यस्तो अवस्थामा राष्ट्रिय क्रिकेट टिममा उनलाई बोलाइनु दुःखद हो । सन्दीप जस्तो अन्तर्राष्ट्रिय क्रिकेटरले पनि नैतिकताको ख्याल नगरी टिममा जानु धेरैका लागि अचम्मित छ । उनीविरुद्ध नाराबाजी हुनु, क्यानको निर्णयविरुद्ध प्रदर्शन हुनु, सन्दीपलाई पटक पटक बलात्कार अभियुक्त भनेर करार गर्नुले नेपाली क्रिकेट विवादकै घेरामा छ ।

त्यसमाथि नेपाली क्रिकेट टिम सञ्चालन तथा व्यवस्थापन गर्न पटक पटक चुकेको क्यान सन्दीपको विषयमा निर्णय गर्न हतारिनुले पनि धेरै प्रश्न उठाएको छ । यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पनि नेपाली क्रिकेटको आलोचना बढाएको छ । सन्दीप टिममा फर्किनु राम्रो हो, तर स्पष्ट आदेश र मुद्दा नटुंगिकनै उनलाई टिममा बोलाइनु र निलम्बन फुकुवा गर्नु धेरै दुःखद हो ।

यसले भविष्यमा पनि नेपाली राष्ट्रिय क्रिकेट टिम र टिमका सदस्यलाई हेर्ने नजर धेरै हदसम्म फेरिनेमा आशंका छ ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  १ : २७ बजे

लुम्बिनी प्रदेशमा दूध र मासु उत्पादनका लागि भैँसीको वंश सुधार कार्यक्रम

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले प्रदेशमा भैँसीको वंश सुधार कार्यक्रममार्फत दुग्ध

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति ‘एसएमएस’बाटै प्राप्त हुने

काठमाडौँ– नेपाल प्रहरीले अबदेखि मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा

विद्यार्थीबाट गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनी रूपमा सङ्कलन गरिएको

आर्थिक गणनामा खटिने गणकलाई आजदेखि तालिम दिइँदै

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गर्न लागेको दोस्रो राष्ट्रिय आर्थिक

प्रजातन्त्र पुनर्स्थापना भएको दिनको सम्झनामा आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ– नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम