एकीकृत समाजवादीको केन्द्रीय कमिटीको पूर्ण बैठक जारी « Khabarhub

एकीकृत समाजवादीको केन्द्रीय कमिटीको पूर्ण बैठक जारी


२२ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)को पाँचौँ केन्द्रीय कमिटीको पूर्ण बैठक सुरु भएको छ। शनिबार राजधानीमा सुरु भएको उक्त बैठक आज बिहान ८ बजे पुनः सुरु भएको हो।

विकसित राजनीतिक परिस्थिति एवं अन्तर्राष्ट्रिय घटनाक्रमका सन्दर्भमा बैठकमा नेताहरूले धारणा राख्ने क्रम बाँकी रहेकाले शनिबार अपराह्न उक्त बैठक स्थगित गरिएको थियो। पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा १० समूह बनाई छलफल सुरु गरिएको थियो। उक्त समूहका टोलीका नेताहरूमा अशेष घिमिरे, कृष्णकुमारी विश्वकर्मा, जीवनराम श्रेष्ठ, नरेश शाही, मोहन गौतम, राजेन्द्र लोहनी, विजय गुरुङ, सोमप्रसाद पाण्डेय, हस्त शाही तथा पूर्णा जोशी रहेका छन्।

राजनीतिक प्रतिवेदनमा छलफल सुरु भएको र छलफल सकिएलगत्तै विभिन्न जिल्ला, तह, भूगोल, प्रदेशको सन्तुलित प्रतिनिधित्व हुने गरी निर्माण गरिएका समूहका निष्कर्ष आजको बैठकमा प्रस्तुत गरिने दश समूह टोलीमध्येका नेतृ पूर्णा जोशीले जानकारी दिए। उनका अनुसार सङ्गठनको पुनःगठन, पार्टीको भूमिका र गतिविधिलाई प्रभावकारी बनाउने, केन्द्र मातहतका आफ्ना सबै कमिटी, विभाग र मोर्चा सङ्गठनलाई निर्धारित समयसीमाभित्र अद्यावधिक गर्नेलगायत विषयमा छलफल भइरहेको छ।

केन्द्रीय नेताबाट प्रतिवेदनलाई गहनरूपमा अध्ययन तथा छलफल गरेपछि प्राप्त हुने सुझावका आधारमा सो प्रतिवेदनको आवश्यक परिमार्जन गरिने बताइएको छ। प्रतिवेदनमा सरकारको कार्यशैली मूल्याङ्कन, राष्ट्रिय समस्या समाधानका दृष्टिकोण, अन्तर्राष्ट्रिय तहमा भएका युद्ध रोक्न सम्बन्धित पक्षलाई आग्रह गरिएको छ। पार्टीले अन्य राजनीतिक दललाई हेर्ने दृष्टिकोण संसद्मा पार्टीको थप प्रभावकारी भूमिकाको विश्लेषण गरिएको छ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  १० : ४६ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय