पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफको निधन « Khabarhub

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफको निधन


२२ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानका पूर्वराष्ट्रपति तथा सैनिक जनरल  परवेज मुशर्रफको निधन भएको छ । पाकिस्तानी सेनाले मुशर्रफको निधन भएको आइतबार जानकारी गराएको हो । उनको ७९ वर्षको उमेरमा निधन भएको हो ।

पाकिस्तानका पूर्व राष्ट्रपति मुशर्रफको आइतबार संयुक्त अरब इमिरेट्स युएईको दुबईस्थित अमेरिकी अस्पतालमा निधन भएको हो ।

सेनाका वरिष्ठ अधिकारीहरुलेले जनरल मुशर्रफको दुःखद निधनप्रति हार्दिक समवेदना व्यक्त गरेको सेनाको सञ्चार शाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । “ईश्वरले दिवंगत आत्मालाई आशीर्वाद दिऊन् र शोक सन्तप्त परिवारलाई शक्ति प्रदान गरून्,” विज्ञप्तिमा भनिएको छ ।

उनको परिवारका सदस्यलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले पूर्वसैनिक जनरल तथा पाकिस्तानी पूर्वराष्ट्रपतिको ‘एमाइलोइडोसिस’ का कारण निधन भएको उल्लेख गरेका छन् । मुशर्रफलाई स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पताल भर्ना गरिएको पाकिस्तानी सञ्चारमाध्यमबाट प्रशारित समाचारमा जनाइएको छ ।

मुशर्रफ सन् २०१६ देखि उपचारका लागि दुबईमा बस्दै आएका थिए ।

स्थानीय सञ्चारमाध्यमका अनुसार केही महिना पहिले मुशर्रफले आफ्नो बाँकी जीवन आफ्नै देशमा बिताउने इच्छा व्यक्त गर्दै आफ्नो नीजी वकिलमार्फत् पाकिस्तान सरकारसमक्ष निवेदन दिएका थिए । ’द एक्सप्रेस ट्रिब्यून’ पत्रिकाका अनुसार पूर्व राष्ट्रपति जतिसक्दो चाँडो पाकिस्तान फर्कन चाहन्थे ।

मुशर्रफ सन् १९९९ मा भएको सफल सैन्य ‘कू’ पछि पाकिस्तानका दशौं राष्ट्रपति भएका थिए ।

उनले सन् १९९८ देखि २००१ सम्म पाकिस्तानको ज्वाइन्ट चिफ अफ स्टाफ कमिटी सीजेसीएससीको १० औं अध्यक्ष र सन् १९९८ देखि २००७ सम्म सातौं शीर्ष जनरलको रूपमा काम गरेका थिए ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  १ : २५ बजे

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुनः सुरु भएको छ

दसैँको बक्सअफिसमा चार स्टारको भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौँ– नेपाली चलचित्रका लागि दसैँ केवल चाडपर्वको समय होइन, बक्सअफिसमा

अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै

लमजुङ– बाढीपहिरो र हिमपातका कारण प्रभावित बनेको अन्नपूर्ण चक्रीय पदमार्गमा

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

विश्वासको शिर कहिल्यै झुक्ने छैन : कांग्रेस उपसभापति भण्डारी

काठमाडौंँ– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास