फाइल तस्वीर

राजनीति

रविको सांसद पद गुमेपछि आफू निर्वाचित भएको घोषणा गर्न चितवन-२ का उपविजेताको माग

By खबरहब

February 05, 2023

काठमाडौँ- रवि लामिछानेको सांसद पद गुमेसँगै आफूलाई निर्वाचित भएको घोषणा गर्न चितवन-२ का उपविजेताले माग गरेका छन् ।

चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित रवि लामिछानेको नेपाली नागरिकता प्रमाणपत्र अवैध रहेको ठहर भएपछि सो क्षेत्रका उपविजेता नेपाली कांग्रेसका उमेश श्रेष्ठले आफूलाई निर्वाचित घोषणा गर्न माग गरेका हुन् ।

१३ माघमा सर्वोच्च अदालतले लामिछानेको नेपाली नागरिकता प्रमाणपत्र अवैध ठहर गर्दै उनलाई सांसदसहित उपप्रधान तथा गृहमन्त्रीबाट पदमुक्त गरेको थियो ।

सोही आधारमा आइतबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्रेष्ठले चितवन–२ बाट आफूलाई निर्वाचित भएको घोषणाको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।