सत्तामा जान नपाएर कांग्रेस पानीबाहिरको माछाजस्तो छटपटायो : ओली | Khabarhub Khabarhub

सत्तामा जान नपाएर कांग्रेस पानीबाहिरको माछाजस्तो छटपटायो : ओली


२२ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस सत्तामा जान नपाएर पानीबाहिरको माछाजस्तो छटपटाएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

बैठकमा उनले राष्ट्रलाई अस्थिरताबाट जोगाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा सरकार गठन गरेको समेत बताए ।

बैठकमा उनले राष्ट्रलाई अस्थिरतामा धकेल्न नहुने बताए ।

आफूहरु प्रतिपक्षमा बस्ने मानसिकतामा रहेका बेला सरकार गठनको समय घर्किन लाग्दासमेत सरकार नबन्ने देखिएपछि राष्ट्रलाई अस्थिरतामा जानबाट रोक्दै र राजनीतिक निकास निकाल्दै प्रचण्ड नेतृत्वमा सरकार बनाएको उनको भनाइ छ ।

कांग्रेसको भूमिकाप्रति प्रश्न उठाउँदै उनले संसदमा कांग्रेसले खेलेको भूमिका बुझिनसक्नु रहेको बताए ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  २ : ३८ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा