सांसद खतिवडाको ओलीलक्षित कटाक्ष : बार्दलीबाट ल्याएका कार्यक्रम संसदमा प्रस्तुत नगरियोस् « Khabarhub

सांसद खतिवडाको ओलीलक्षित कटाक्ष : बार्दलीबाट ल्याएका कार्यक्रम संसदमा प्रस्तुत नगरियोस्


२२ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आइतबार प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको टिप्पणीप्रति नेपाली कांग्रेस सांसद रामहरि खतिवडाले नियमापत्ति गरेका छन् ।

ओलीले प्रतिनिधिसभाको बैठकमा सम्बोधनका क्रममा कांग्रेस सत्तामा जान नपाएर पानीबाहिरको माछाजस्तो छटपटाएको टिप्पणी गरेका थिए । प्रतिनिधिसभाको आइतबार बसेको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका थिए ।

बैठकमा उनले राष्ट्रलाई अस्थिरताबाट जोगाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा सरकार गठन गरेको समेत बताए ।

ओलीले बोल्ने क्रममा सरकारको न्यूनतम साझा कार्यक्रममा भएका विषय पनि उठाएका थिए । तर, ओलीले सम्बोधन गर्दै गर्दा कांग्रेस सांसद खतिवडाले भने संसदमा सरकारका न्यूनतम साझा कार्यक्रम संसदले देख्न नपाएको भन्दै आलोचना गरे ।

उनले भने, ‘न्यूनतम साझा कार्यक्रमको अनुहार रुप र कागज हामीले देख्न पाएका छैनौं । त्यसैले कुनै बार्दलीबाट ल्याएको कार्यक्रम संसदमा प्रस्तुत नगरियोस् ।’

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ३ : १९ बजे

खैरो हिरोइनसहित नागढुङ्गाबाट एकजना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले अवैध लागूऔषध खैरो हिरोइनसहित एक जनालई पक्राउ

आयातित स्वास्थ्य उपकरणको विवरण उपलब्ध गराउन  विभागको आग्रह

काठमाडौं– औषधि व्यवस्था विभागले आयात गरिने स्वास्थ्य सामग्री तथा उपकरणको

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान स्कुल अफ मेडिसिनको डिनमा नवीसमान नियुक्त

काठमाडौं– पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको स्कुल अफ मेडिसिनको डिनमा

तत्कालीन माओवादी केन्द्र काठमाडौं महानगर कमिटीका अध्यक्ष एमालेमा प्रवेश

काठमाडौं– नेकपा माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटीका तत्कालीन अध्यक्ष राजेश

सुनको मूल्य सवा तीन लाख पुग्दा पनि बजारमा चहलपहल

काठमाडौं– नेपाली बजारमा एक पछि अर्को दिन आज पनि सुनको