सांसद खतिवडाको ओलीलक्षित कटाक्ष : बार्दलीबाट ल्याएका कार्यक्रम संसदमा प्रस्तुत नगरियोस् « Khabarhub

सांसद खतिवडाको ओलीलक्षित कटाक्ष : बार्दलीबाट ल्याएका कार्यक्रम संसदमा प्रस्तुत नगरियोस्


२२ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आइतबार प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको टिप्पणीप्रति नेपाली कांग्रेस सांसद रामहरि खतिवडाले नियमापत्ति गरेका छन् ।

ओलीले प्रतिनिधिसभाको बैठकमा सम्बोधनका क्रममा कांग्रेस सत्तामा जान नपाएर पानीबाहिरको माछाजस्तो छटपटाएको टिप्पणी गरेका थिए । प्रतिनिधिसभाको आइतबार बसेको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका थिए ।

बैठकमा उनले राष्ट्रलाई अस्थिरताबाट जोगाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा सरकार गठन गरेको समेत बताए ।

ओलीले बोल्ने क्रममा सरकारको न्यूनतम साझा कार्यक्रममा भएका विषय पनि उठाएका थिए । तर, ओलीले सम्बोधन गर्दै गर्दा कांग्रेस सांसद खतिवडाले भने संसदमा सरकारका न्यूनतम साझा कार्यक्रम संसदले देख्न नपाएको भन्दै आलोचना गरे ।

उनले भने, ‘न्यूनतम साझा कार्यक्रमको अनुहार रुप र कागज हामीले देख्न पाएका छैनौं । त्यसैले कुनै बार्दलीबाट ल्याएको कार्यक्रम संसदमा प्रस्तुत नगरियोस् ।’

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ३ : १९ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक